युक्रेनको अडान – रुससँग वार्ता गर्न तयार, आत्मसमर्पण अस्वीकार्य


प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

तस्बिर : विकिपिडियाबाट

युक्रेनले रुससँग वार्ता गर्न तयार रहेको तर आत्मसमर्पण नगर्ने स्पष्ट पारेको छ। युक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले बुधबार यो कुरा बताएकी हुन्।

अमेरिकाले युक्रेन र रुसबीच सम्झौताको प्रस्ताव गरेको मिडिया रिपोर्टहरूमा उल्लेख छ, जसमा युक्रेनले रुसले कब्जा गरेको लगभग सबै क्षेत्र छोड्नुपर्ने उल्लेख छ।

स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, ‘रुसलाई पुन: संगठित गरी थप हिंसासहित फर्कन बलियो आधार दिने कुनै सम्झौता स्वीकार्य हुनेछैन।’

उनले युक्रेनी जनताले शान्तिको नाममा लुकेको स्थगित द्वन्द्वलाई कदापि स्वीकार नगर्ने पनि बताइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिडिया रिपोर्टहरूका अनुसार, वाशिंगटनको प्रस्तावमा रुसले कब्जा गरेको युक्रेनी प्रायद्वीप क्रिमियालाई औपचारिक रूपमा रुसी क्षेत्रको रूपमा मान्यता दिने र रुसले कब्जा गरेको अधिकांश युक्रेनी भूभागमा उसको वास्तविक नियन्त्रण कायम रहने उल्लेख छ।

यता, युक्रेनले भने पूर्ण, तत्काल र बिना शर्त युद्धविरामको माग गरेको छ। स्विरिडेन्कोले भनिन्, ‘स्थल, आकाश र समुद्रमा पूर्ण युद्धविराम पहिलो आवश्यक कदम हो।’

यदि मस्कोले सीमित विरामको पक्ष लियो भने युक्रेनले पनि सोहीअनुसार जवाफ दिने उनले प्रष्ट पारिन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com