अमेरिकाको फ्लोरिडा विश्वविद्यालयमा गोली चल्यो, २ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ५, २०८२ शुक्रबार

अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार २० वर्षीय विद्यार्थी फिनिक्स आइक्नरले बिहीबार दिउँसो युनिभर्सिटीको स्टुडेन्ट युनियन भवन नजिक अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनले किन हमला गरेका हुन अझै स्पष्ट भइसकेको छैन।

प्रहरीका अनुसार प्रयोग गरिएको बन्दुक आक्रमणकारीकी सौतेनी आमा जेसिका आइक्नरको थियो । जेसिका एक अनुभवी प्रहरी अधिकृत हुन् ।

टालाहासी प्रहरी प्रमुख लरेन्स रिभेलले भिडियो सन्देशमार्फत् हालसम्मका प्रमाणका आधारमा आक्रमणकारी र पीडितबीच कुनै पनि व्यक्तिगत सम्बन्ध देखिएको छैन।

शुक्रबारसम्म दुई मृतकको परिचय सार्वजनिक गरिएको छ । हरुमा क्यारोलिनाको ग्रीनभिल निवासी ४५ बर्षीय तिरु छब्बा एकजना मृतक हुन ।

उनी दक्षिण आरामार्क कम्पनीका कर्मचारी थिए । उनले परिवारसँग विवाह गरेर दुई छोराछोरी पालेका थिए । उनी युनिभर्सिटीको क्याम्पसमा कार्यरत थिए ।

अर्का मृतक राबर्ट मोरालेस रहेका छन । उनी युनिभर्सिटीको डाइनिङ कोअर्डिनेटर थिए । उनले २०१५ देखि मा काम गरिरहेका थिए।

टालाहासी मेमोरियल हेल्थकेयर अस्पतालका चिकित्सकहरूका अनुसार गोली लागेर घाइते भएका छ मध्ये दुईलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । एकजनाको अवस्था भने गम्भीर रहेको छ।

बिहीबार मध्यान्ह गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । विद्यार्थीहरूलाई तुरुन्तै सुरक्षित स्थानमा लुकेर बस्न भनिएको थियो ।

विद्यार्थी ब्लेक लियोनार्डले करिब १२ राउन्ड गोली चलेको सुनेको बताए ।

प्रहरीको आदेश नमानेपछि आक्रमणकारी आइक्नरलाई गोली हानिएको थियो । उनी अहिले अस्पतालमा छन् र गम्भीर अवस्थामा उपचाररत छन् ।

प्रमुख रिभेलका अनुसार उनी निको भएपछि ‘पहिलो दर्जाको हत्या’ समेतका अभियोगमा मुद्दा चलाइनेछ ।

शेरिफ वाल्ट म्याक्नीलका अनुसार सौतेनी आमा जेसिका आइक्नर एक आदर्श कर्मचारी थिइन्। हमलामा प्रयोग भएको हतियार उनले व्यक्तिगत रूपमा राखेकी थिइन् । घटनास्थलमा एक शटगन पनि भेटिएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे जानकारी लिएको र यसलाई दुखद र भयावह भन्दै निन्दा गरेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com