न्युयोर्क सिटी क्षेत्रमा आज राति चिसोले जम्ने चेतावनी


प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार

fawn pug covered by Burberry textile between plants

न्युयोर्क सिटीमा अप्रिल महिनाको सुरुवात वर्षा र हावाहुरीसँगै भएको छ। साथै, यो हप्ता न्युयोर्क सिटी वरपरको मौसममा खासै सुधार भएको छैन। यसै क्रममा आज मंगलबारदेखि बुधबार बिहानसम्म अत्यधिक चिसोले जम्ने चेतावनी दिइएको छ। त्यसैले, सम्भव भएसम्म घरबाहिर रहेका संवेदनशील बिरुवाहरूलाई घरभित्र ल्याउन सुझाव दिइएको छ।

वर्षा रोकिए पनि मौसमविद्हरूले अत्यधिक चिसोको चेतावनी दिएका छन्। मंगलबार बिहान घाम लाग्नुअघि आकाशमा बादल लागेको थियो। साथै, करिब ४५ माइल प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ। दिउँसोको तापक्रम ४० डिग्री फरेनहाइटको हाराहारीमा भए पनि ३० डिग्रीको जस्तो अनुभव हुनेछ।

हावा केही कम भए पनि आज राति झन् चिसो हुनेछ। बिहानसम्म हावाको चिसो २० डिग्री फरेनहाइटसम्म पुग्नेछ र त्योभन्दा पनि तल झर्न सक्छ। मध्यरातदेखि बिहान ९ बजेसम्म न्युयोर्क सिटी र नजिकका उपनगरहरूमा चिसोको चेतावनी जारी गरिएको छ।

भोलि घाम फेरि देखिनेछ र आजजस्तो हावा चल्ने छैन। यद्यपि, आजको तुलनामा कम भए पनि हावा चलिरहने भएकाले तापक्रम ४० डिग्रीको सेरोफेरोमा नै महसुस हुनेछ। बिहीबार छाता चाहिन सक्छ। तापक्रम सामान्यभन्दा कम रहनेछ र उच्चतम ५० डिग्रीको आसपास रहनेछ। शुक्रबार भने सम्भावित रूपमा धेरै वर्षा र बाढीको खतरा रहन सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com