नेपालमा पनि लुक्दै घुमेका ठगलाई अमेरिकामा १८ वर्षको जेल सजाय


प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार

अमेरिकामा २४ दशमलव ५ मिलियन डलरको पञ्जी स्किम चलाउने इन्डोनेसियाली नागरिक फ्रान्सियस मार्गान्डालाई १८ वर्षको जेल सजाय दिइएको छ । न्यूयोर्कको ब्रुकलिनस्थित संघीय अदालतले फ्रान्सियस मार्गान्डालाई सयौं पीडितहरूलाई ठगी गरेर २४ दशमलव ५ मिलियन डलर बराबरको लगानी लिएको आरोपमा १८ वर्षको जेल सजाय सुनाएको हो ।

४२ वर्षीय मार्गान्डा इन्डोनेसियाको जकार्ता निवासी हुन् । उनले २०१९ देखि २०२१ सम्म न्यूयोर्कमा बसोबास गर्दै ईजी ट्रान्सफर र ग्लोबल ट्रान्सफर नामक दुई नक्कली ऋण योजनाहरूको माध्यमबाट लगानीकर्ताहरूलाई ठगेका थिए। पीडितहरूलाई उनले छोटो अवधिमा अत्यधिक फाइदाको लोभ देखाएर लगानी गराएका थिए — कतिपय अवस्थामा २ सय प्रतिशत भन्दा बढी फाइदाको प्रलोभन देखाइएको थियो। तर ती लगानी रकम मार्गान्डाले व्यक्तिगत खर्च, घरजग्गा, विलासी होटल बास, र क्रेडिट कार्ड तिर्न प्रयोग गरेका थिए ।

यो पञ्जी स्किम २०२१ मा ढलेको थियो, जब मार्गान्डाले लगानीकर्ताहरूलाई फिर्ता पैसा दिन छोडे। त्यसपछि उनी झूटा पासपोर्ट बनाएर अमेरिकाबाट भागेका थिए। उनले ठगीबाट कमाएको पैसा प्रयोग गरी फ्रान्स, माल्दिभ्स, थाइल्याण्ड, र नेपाल लगायत विश्वका विभिन्न स्थानहरूमा विलासी होटलहरूमा बस्दै लुकेका थिए । नेपालमा मार्गान्डाले काठमाडौं र पोखरामा केही महिना बिताएको आशंका गरिएको छ, जहाँ उनी फाइभस्टार होटलहरूमा लुक्दै बसेका थिए। अमेरिकी नियमन निकायहरूले नेपाल सरकारसँग पनि समन्वय गरेर अनुसन्धान अघि बढाएका थिए।

सन् २०२३ को नोभेम्बरमा मार्गान्डा सिंगापुरमा पक्राउ परेका थिए। अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिस, एफबीआई, र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको समन्वयमा उनीलाई अमेरिका ल्याइयो। २०२४ को जुलाईमा ठगी गरेको स्वीकार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो ठगीकाण्डबाट ३ देश र ३१ अमेरिकी राज्यहरूमा रहेका २३७ जना पीडितले आर्थिक क्षति बेहोरेका छन्। कतिपय पीडितहरूले आफ्ना आफन्तको क्यान्सर उपचार रोक्नु परेको, मृत्यु पश्चात अन्तिम श्रद्धाञ्जली दिन नसकेको, वा पुरै जीवनको बचत गुमाएको बताएका छन् ।

संघीय न्यायाधीश डोरा एल इरिजारीले मार्गान्डालाई १८ वर्ष जेल सजायसँगै ८ दशमलव ५ मिलियन डलर पीडितलाई फिर्ता तिर्न र ७ दशमलव ५ मिलियन डलर जब्त गर्ने आदेश दिइन्। यो मुद्दा न्यूयोर्कमा सुनुवाई भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com