म्यानमार भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो, २२० जना अझै बेपत्ता


प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार

This general view shows a makeshift tent camp set up for displaced residents in Mandalay on April 1, 2025, a few days after the deadly Myanmar earthquake. After a night sprawled out on cardboard panels under hastily erected plastic tarps, hundreds of Mandalay residents arose to another day of earthquake recovery, wondering when they can return safely to permanent shelter. (Photo by Sai Aung MAIN / AFP)

म्यानमारमा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।

मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ ।

विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।

संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यानमारको मण्डले सहरमा पीडितहरूसँग भेट गरे । मण्डाले भूकम्पको केन्द्र नजिकै अवस्थित छ र अहिले सहरभरि गम्भीर क्षति बेहोरेको छ ।

“विनाश आश्चर्यजनक छ”, टम फ्लेचरले एक्समा एक पोस्टमा लेखेका छन्, “विश्व म्यानमारका जनताको साथमा उभिनु पर्छ ।”

देशको सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङ शुक्रबार बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा एक दुर्लभ विदेश यात्राबाट फर्केपछि नयाँ मृत्यु सङ्ख्या घोषणा गरिएको थियो । बैंककमा जुन्ता प्रमुखले थाइल्यान्ड र भारतका प्रधानमन्त्रीहरू लगायत नेताहरूसँग भेट गरेका थिए ।

जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो । स्थलमा प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भनेर ब्यानर प्रदर्शन गरेका थिए र जुन्ता विरोधी समूहहरूले उहाँको सहभागिताको निन्दा गरेका थिए ।

सन् २०२१ को विद्रोहमा आङ सान सुकीको नागरिक सरकारबाट सत्ता खोसेपछि उनको सशस्त्र सेनाले म्यानमारमा शासन गरेको छ । उक्त सैन्य कूले बहुपक्षीय द्वन्द्व निम्त्याएको छ र यो अझै समाधान हुन सकेको छैन ।

भूकम्पपछि जुन्ताले दर्जनौँ आक्रमण गरेको बताइएको छ । यसमा बुधबार अस्थायी युद्धविराम घोषणा भएदेखि कम्तीमा १६ वटा आक्रमण भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

वर्षौंको लडाइँले म्यान्माको अर्थव्यवस्था र पूर्वाधार तहसनहस पारेसँगै भूकम्पपछिको राहत प्रदान गर्न अन्तर्राष्ट्रिय प्रयासहरूलाई उल्लेखनीय रूपमा बाधा पु¥याएको छ ।

चीन, रूस र भारत उद्धार टोलीहरू म्यान्मा पठाएर बाँचेकाहरूलाई पत्ता लगाउन मद्दत गर्ने पहिलो देशहरू मध्ये थिए ।

संयुक्त राज्य अमेरिका परम्परागत रूपमा अन्तर्राष्ट्रिय विपद् राहतको अग्रणी रहेको छ तर राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको मानवीय सहायता एजेन्सीलाई विघटन गरेका छन् ।

वासिङ्टनले शुक्रबार म्यानमारलाई पहिलेको २० लाख डलरको सहायतामाथि थप ७० लाख डलर थप्ने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com