अमेरिकाद्वारा नोबेल शान्ति पुरस्कार विजेता अरियासको भिसा रद्द


प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

अमेरिकाले कोस्टारिकाका पूर्व राष्ट्रपति ओस्कर अरियासको भिसा रद्द गरेको छ । पूर्व राष्ट्रपतिले आफनो अमेरिकी भिसा अमेरिकाले रद्द गरेको बताएका हुन ।

अरियास नोबेल शान्ति पुरस्कार विजेता पनि हुन । अरियासले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको केही हप्ता पछि भिसा रद्द भएको सुचना पाएको बताएका छन । उनले ट्रम्पको व्यवहारलाई रोमन सम्राटको व्यवहारसँग तुलना गर्दै आलोचना गरेका थिए ।

अरियासले अमेरिकाको सरकारी निकायबाट भिसा रद्द गरिनुको कुनै स्पष्ट कारण प्राप्त नगरेको बताएका छन । ८४ वर्षीय अरियासलाई मध्य अमेरिकामा संघर्षहरूको अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेका कारण नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

तर अरियासले चीनसँगको आफ्नो नजिकको सम्बन्धको कारण पनि भिसा रद्द भएको हुनसक्ने बताएका छन । उनले २००६ देखि २०१० सम्मको कार्यकालमा कोस्टारिकाको राष्ट्रपति हुँदा ताइवानसँगको कूटनीतिक सम्बन्धलाई समाप्त गरेर चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अरियासले अमेरिकी सरकारबाट प्राप्त भएको इमेलमा भिसा रद्द गरिएको सुचना प्राप्त गरेको बताएका छन । अरियासले यो निर्णय ट्रम्प प्रशासनको नभएरर अमेरिकी विदेश मन्त्रालयको भएको हो जस्तो आफुलाई लागेको बताएका छन ।

ट्रम्प प्रशासनले अमेरिकाको पश्चिमी गोलार्धमा चीनको प्रभावको विरोध गर्दै आएको छ । केहि मध्य अमेरिकी सरकारलाई चीन सरकार र चिनियाँ कम्पनीहरूसँग देखिएको भन्दै अमेरिकाले आरोप पनि लगाएको छ।

तर, वर्तमान कोस्टा रिका राष्ट्रपति रोड्रिगो चाभेसको प्रशासनलाई भने अमेरिकाले समर्थन गरेको छ ।

राष्ट्रपति चाभेस र अमेरिकाबीचको नजिकको सम्बन्धको आलोचना गर्दै अरियासले आफ्नो सामाजिक सञ्जालमा ‘सानो देशको लागि अमेरिकाको सरकारसँग असहमत हुनु कहिले पनि सजिलो हुँदैन, विशेषगरी जब यसको राष्ट्रपति रोमन सम्राटको जस्तो व्यवहार गर्दै अरूलाई के गर्नुपर्ने बताउँछ’ भनेर पोष्ट गरेका थिए ।

अरियास मात्र होइन कोस्टारिकाका तीन सांसदहरूको पनि अमेरिकाको भिसा रद्द गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com