संयुक्त राज्य अमेरिकाले उसको विवादास्पद यात्रा प्रतिबन्ध विस्तार गर्दै उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकहरुलाई अमेरिका आउनमा कडाइ गरेको छ।
गत जुलाइमा सर्वोच्च अदालतको आदेशपछि वाशिङटनको अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका यात्रुहरु
ह्वाइट हाउसले नयाँ प्रतिबन्ध विदेशी सरकारले उपलब्ध गराएका सूचनाका आधारमा समीक्षा गरेपछि लगाइएको बताएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय घोषणा आइतबार ढिलोगरी जारी गरेका हुन्।
उनले भने, “अमेरिका सुरक्षित बनाउनु मेरो पहिलो प्राथमिकता हो। जो सुरक्षित लाग्दैनन् उनीहरुलाई हामी आउन दिँदैनौं।”
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
प्रतिबन्ध फुकुवा
भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा काम गर्ने अधिकारीरुहरु र तिनका परिवार लक्षित रहेको छ।
राष्ट्रपति ट्रम्पले यस अघि प्रतिबन्ध लगाएका छ मुस्लिम मुलुकमध्ये सुडानमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ।
यात्रा प्रतिबन्ध लगाइएका अरु मुलुकहरु इरान, लिबिया, सिरिया, सोमालिया र यमन हुन् जसलाई ‘मुस्लिम प्रतिबन्ध’को रुपमा लिइएको थियो।
तर उत्तर कोरिया र भेनेजुएला थपिएपछि अब यात्रा प्रतिबन्ध लगाएका सबै मुलुकहरु मुस्लिम बहुल रहेनन्।
प्रतिबन्ध १८ अक्टोबरदेखि कार्यान्वयनमा आउने र अहिले प्रवेशाज्ञा पाइसकेकाहरुमा लागु नहुने ह्वाइट हाउसले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।