काठमाडौँको टेकुमा पचली भैरव जात्रा,


प्रकाशित मिति : आश्विन ८, २०७४ आईतबार

प्रत्येक वर्ष नौरथाको चतुर्थीमा सुरु हुने सो जात्रा पञ्चमीका दिन विशेष तान्त्रिक पूजाआजाका साथ गरिन्छ । सरकारी तहबाट सहयोग हुने सो जात्राको विशेष महत्व छ । पचलीको मूर्तिलाई सजाएर विधिविधानका साथ पूजा गरिएको छ ।

जात्रामा अनिष्ट नहोस् भनी अघिल्ला दिन बोका काटेर भैरवलाई बलि समेत दिइएको थियो । मूल पुजारी (ढक जुजु)ले विधि विधानपूर्वक भैरवको पूजा तथा होम गर्नुभएको थियो ।


पचली भैरव जात्रा व्यवस्थापन उपसमितिले जात्राका लागि आवश्यक पर्ने तयारी तथा त्यहाँ आउने भक्तजनको व्यवस्थापन मिलाएको थियो । परापूर्वकालमा त्यस क्षेत्र आसपासमा बसोबास गर्ने मानिसलाई विभिन्न दानवीय शक्तिले दुःख दिँदै आएपछि त्यहाँका बुद्धिजीवी तथा बासिन्दाले भैरवको मूर्ति स्थापना गरी सो जात्रा निकाल्ने प्रचलन सुरु गरिएकोे जनविश्वास छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com