अमेरिकी शुल्कको कडा प्रतिक्रिया जनाउने क्यानडाको तयारी


प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएका आयातित सवारीसाधनमा लगाइने नयाँ शुल्कको कडा प्रतिक्रिया जनाउने तयारी गरेको छ। प्रधानमन्त्री मार्क कार्नीले बुधबार एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्।

कार्नीले ट्रम्पको कदमलाई ‘प्रत्यक्ष हमला’को संज्ञा दिँदै बिहीबार उच्चस्तरीय मन्त्रिपरिषद् बैठक बोलाउने बताएका छन्। उनले भने, “हामी हाम्रा श्रमिक, कम्पनी, र देशको रक्षा गर्नेछौं। हामी मिलेर क्यानडाको हित सुनिश्चित गर्नेछौं”

विश्लेषकहरूका अनुसार यी शुल्कहरूले अत्यधिक एकीकृत उत्तर अमेरिकी अटो उद्योगलाई प्रतिकूल असर पार्न सक्छ। क्यानडाले पहिल्यै १५५ बिलियन क्यानडाली डलर बराबरको प्रतिशोधात्मक शुल्कको प्याकेज घोषणा गरिसकेको छ, जुन ट्रम्पको कदमअनुसार चरणबद्ध रूपमा लागू गरिनेछ।

प्रधानमन्त्री कार्नीले क्यानडाले प्रतिशोधात्मक शुल्क लगाउनेबारे विभिन्न विकल्पहरू विचार गरिरहेको बताएका छन् । “यो चाँडै नै लागु हुनेछ । हामीसँग विभिन्न विकल्पहरू छन्। हामी प्रतिशोधात्मक शुल्क लगाउन सक्छौं’, उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्नीले ट्रम्पसँग चाँडै संवाद गर्ने योजना बनाएका छन्। हालसम्म, प्रधानमन्त्रीको रूपमा सपथ लिएपछि कार्नी र ट्रम्पबीच कुनै आधिकारिक संवाद भएको छैन।

ओन्टारियोका प्रीमियर डग फोर्डले क्यानडाको कदमको समर्थन गरेका छन्। उनले भने, ‘हामी अमेरिकी जनताले जति सक्दो पीडा भोग्नु पर्नेछ, तर क्यानाडाली जनताले भने कष्ट भोग्न नपरोस् भन्ने सुनिश्चित गर्नेछौं।’

फोर्डले छिट्टै अरू नौ प्रान्तहरूसँग समन्वित प्रतिक्रिया दिने विषयमा छलफल गर्ने बताएका छन्। हाम्रो अगाडि दुईवटा विकल्प छन् । या त हामी राष्ट्रका रूपमा आत्मसमर्पण गर्छौं वा हामी दृढताका साथ लड्छौं। म दृढ संघर्षको पक्षमा छु’, उनले भने।

ओन्टारियो, जुन क्यानडाको सबैभन्दा बढी जनसंख्या भएको प्रान्त हो, घरेलु अटो उद्योगको केन्द्र पनि हो। यदि अमेरिकाले नयाँ शुल्क लागू गरेमा, यसले क्यानाडाली अटो उद्योगलाई गम्भीर असर पार्ने सम्भावना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com