वर्षमान पुन रोल्पाबाट चुनाव लड्दै, महरा दाङ सर्दै


प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले प्रतिनिधिसभाको निर्वाचनपछि आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने दावी गर्नु भएको छ ।

एबीसी न्यूजाको कार्यक्रम आउटलुकमा कुराकानी गर्दै नेता पुनले मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि माओवादीले सरकारको नेतृत्व गर्ने दावी गर्नु भएको हो । प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्ने बताउँदै नेता पुनले त्यस्तो अवस्थामा माओवादीको नेतृत्वमा सरकार बन्ने बताउ“नु भएको हो । कार्यक्रम आउटलुक मार्फत नेता पुनले प्रतिनिधिसभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गर्नु भएको छ । नेता पुनले प्रतिनिधि सभाको निर्वाचन आफ्नै थलो रोल्पाबाट लड्ने घोषणा गर्नु भएको हो ।
रोल्पा माओवादीको उदगम थलो भएकाले रोलपामा माओवादी नेता धेरै छन् । त्यसैले नेता पुनलाई रोल्पामा टिकट पाउन त्यति सहज भने छैन । तर, आफु रोल्पाबाट चुनाव लड्ने विषयमा अर्को रोल्पाली नेता कृष्णबहादुर महरास“ग पनि सहमति भइसकेको उहाँको भनाइ छ । पुनका अनुसार नेता कृष्णबहादुर महरा दाङबाट प्रतिनिधिसभाको निर्वाचन लड्ने सहमति भइसकेको छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ९ बाट चुनाव लडेका नेता पुन पराजित भएका थिए । त्यसैले होला यस पटक भने नेता पुनले आफ्ने गृह जिल्ला रोल्पाबाट चुनाव लड्ने योजना बनाएका छन् । नेता पुनसँग गरिएको कुराकानी आज सनिबार राती ९ बजे कार्यक्रम आउटलुकमा हेर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com