कोरियाली-अमेरिकन विद्यार्थीलाई देश निकाला गरिँदै, ट्रम्प प्रशासनविरुद्ध दिइन् उजुरी


प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

NEW YORK, NEW YORK – MARCH 20: Activists hold a demonstration in lower Manhattan against the arrest by ICE of Palestinian activist Mahmoud Khalil, a graduate student at Columbia University, on March 20, 2025 in New York City. Khalil, a pro-Palestinian activist and recent graduate of Columbia University, was arrested by immigration officers in New York and sent to a detention center in Louisiana. Many of the activists are members of Jewish groups opposed to the war in Gaza and the Trump administration. A judge ruled Wednesday that Khalil has the right to challenge the legality of his detention, but the case should be heard in New Jersey, not in New York or Louisiana. Spencer Platt/Getty Images/AFP (Photo by SPENCER PLATT / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

कोलम्बिया विश्वविद्यालयकी कोरियाली अमेरिकी विद्यार्थी युनसिओ चुंगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध मुद्दा दायर गरेकी छिन्। उनी आफ्नो देश निकाला रोक्न चाहन्छिन्। अदालतका कागजात अनुसार उनले सोमबार न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा उजुरी दर्ता गरेकी हुन्।

२१ वर्षीया चुंग सन् २००९ देखि अमेरिका बस्दै आएकी छिन्। कानुनी रूपमा स्थायी अमेरिकी निवासी भए पनि ट्रम्प प्रशासनले उनको बसोबासको अनुमति खारेज गर्ने निर्णय गरेको छ। दुई हप्ता अघि उनको कानुनी टोलीलाई जानकारी दिइएको थियो कि उनको स्थायी निवासको स्थिति खारेज गरिँदैछ।

ट्रम्प प्रशासनले चुंगको अमेरिकामा उपस्थिति आफ्नो विदेश नीतिमा बाधक भएको बताएको छ। उजुरी अनुसार, हालसम्म चुंगलाई पक्राउ गरिएको छैन तर अध्यागमन अधिकारीहरूले उनलाई खोज्न उनका निवासमा धेरैपटक छापा मारेका छन्।

चुंगले प्यालेस्टिनी समर्थनका प्रदर्शनहरूमा भाग लिएको आरोप लगाइएको छ। राष्ट्रपति ट्रम्पले विदेशी प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूलाई देश निकाला गर्ने चेतावनी दिएका छन्। उनले ती प्रदर्शनकारीहरूलाई हमास आतङ्कवादी समूहको समर्थन गर्ने, अमेरिकी विदेश नीतिलाई अवरोध पुर्‍याउने, यहूदी विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदर्शनकारीहरू, जसमा केही यहूदी समूहहरू पनि छन् । उनीहरुले इजरायलको आलोचना गर्नु वा प्यालेस्टिनीको अधिकारको समर्थन गर्नुलाई अन्यायपूर्वक यहूदी विरोधी विचार वा हमासको समर्थनसँग तुलना गरिएको बताउँछन् । मानव अधिकार समूहहरूले सरकारको यस्तो कदमको कडा आलोचना गरेका छन्।

चुंगविरुद्धको मुद्दा ‘संयुक्त राज्य अमेरिकामा संविधानद्वारा सुरक्षित विरोध प्रदर्शन र अभिव्यक्तिको स्वतन्त्रतामाथि दमन’ भएको उनको उजुरीमा उल्लेख गरिएको छ। सरकारले विशेष गरी ती विश्वविद्यालय विद्यार्थीहरूलाई लक्षित गरेको छ जसले प्यालेस्टिनीसँग ऐक्यबद्धता जनाउँछन् र गाजामा इजरायली सरकारको सैन्य आक्रमणको आलोचना गर्छन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस)का प्रवक्ताले चुंगको गतिविधिबारे थप विवरण नदिई उनलाई अध्यागमन कानुन अन्तर्गत हटाउने प्रक्रिया अगाडि बढाइने बताएका छन्।

चुंगलाई अहिले सम्म पक्राउ नगरिए पनि, उनलाई अध्यागमन अदालतमा आफ्नो बचाउ प्रस्तुत गर्ने अवसर दिइनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com