गाजामा इजरायली हवाई आक्रमणमा हमासका नेता बर्दावील दम्पती मारिए 


प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

Palestinians inspect the rubble and debris at the site of Israeli strikes the night before at the Nuseirat refugee camp in the central Gaza Strip on March 23, 2025. The Israeli military on March 23, urged residents of the southern Gaza city of Rafah to evacuate as forces launched an offensive against militants in the area. Israel, vowing to destroy Palestinian militant group Hamas, on March 18 resumed intense bombardment of Gaza and redeployed ground troops, shattering a truce that had largely held since January 19. (Photo by Eyad BABA / AFP)

दक्षिणी गाजामा इजरायली हवाई आक्रमणका कारण हमासका उच्च राजनीतिक नेता सलाह अल-बर्दावीलको मृत्यु भएको छ। हमासका अनुसार आइतबार खान युनिसमा भएको आक्रमणमा बर्दावील र उनकी पत्नी मारिएका हुन् ।

इजरायली सेनाले शनिबार बर्दावीललाई लक्षित गर्दै गरेको आक्रमण सफल भएको जनाएको छ। इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाहीले हमासको सैन्य तथा सरकारी क्षमतामा गम्भीर क्षति पुर्‍याएको छ।’ प्यालेस्टिनी अधिकारीहरूले लगभग १८ महिनादेखि चलिरहेको द्वन्द्वमा मृत्यु हुनेको संख्या ५० हजार भन्दा बढी पुगेको बताएका छन् ।

दुई महिनाको तुलनात्मक शान्तिपछि इजरायलले गत मंगलबारबाट हमासविरुद्ध व्यापक हवाई र स्थल आक्रमण पुनः सुरू गरेको छ। यस आक्रमणपछि गाजाका हजारौँ बासिन्दा विस्थापित भएका छन्।

आइतबार बिहान उत्तर, मध्य र दक्षिणी गाजामा इजरायली विमानहरूले भारी बमबारी गरेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार पछिल्ला केही दिनमा हमलाहरूको तीव्रता बढ्दै गएको छ। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार आइतबार मात्रै राफाह र खान युनिसमा भएका आक्रमणमा कम्तीमा ३० जना प्यालेस्टिनीको मृत्यु भएको छ। तीमध्ये तीन जना नगरपालिका कर्मचारी रहेको जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हमासले बर्दावीलको मृत्युबारे प्रतिक्रिया दिँदै भनेको छ, ‘उनको र उनकी पत्नीको बलिदान गाजाको स्वतन्त्रता र मुक्ति संघर्षलाई प्रेरित गर्नेछ।’

हमासका एक वरिष्ठ नेता रहेका बर्दावील उक्त समूहको राजनीतिक कार्यालयका सदस्य थिए। उनले २००९ मा इजरायलसँग अप्रत्यक्ष युद्धविराम वार्ता नेतृत्व गरेका थिए भने २००५ मा हमासको मिडिया कार्यालयको प्रमुखका रूपमा काम गरेका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धको मुख्य उद्देश्य हमासलाई पूर्ण रूपमा नष्ट गर्नु रहेको बताएका छन्। उनका अनुसार पछिल्लो आक्रमण अभियान हमासलाई बाँकी रहेका बन्धकहरू छोड्न बाध्य पार्ने रणनीतिक योजनाको हिस्सा हो।

इजरायलले ७ अक्टोबर २०२३ मा हमास लडाकुहरूले दक्षिणी इजरायलमा हमला गरी १,२०० जनाको हत्या गरेको र २५० भन्दा बढीलाई बन्धक बनाएको दाबी गर्दै गाजामा सैन्य कारबाही सुरू गरेको थियो।

हमासले इजरायलमाथि जनवरीमा भएको युद्धविराम सम्झौताका सर्तहरू तोडेको आरोप लगाउँदै वार्ताका लागि तयार रहेको बताएको छ। हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफबाट प्राप्त ‘समझदारी निर्माण गर्ने’ प्रस्तावहरूको अध्ययन गरिरहेको जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com