विश्वका तालमा अक्सिजनको कमी भइरहेको निष्कर्ष सार्वजनिक


प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार

विश्वका तालमा अक्सिजनको कमी पाइएको छ । नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका कारण विश्वभरका तालहरूमा अक्सिजनको स्तर घटेको पत्ता लगाएको छ ।

अन्वेषकहरूले विगत २० वर्षमा विश्वभरका १५ हजार भन्दा बढी तालहरूमा अक्सिजनको मात्रा घट्दो प्रवृत्ति फेला पारे ।

साइन्स एडभान्सेज जर्नलमा प्रकाशित उक्त अध्ययनले विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गएको जनाएको छ ।

साथै, समुन्द्र र नदी दुवैको तुलनामा तालमा अक्सिजन घट्ने औसत दर बढी रहेको देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्ययनले गर्मीको लहरले अक्सिजनको कमीमा द्रुत र स्पष्ट प्रभाव पारेको देखाएको छ । जसले गर्दा औसत तापक्रमभन्दा कम अवस्थाको तुलनामा ७.७ प्रतिशतले कमी आउँछ ।

लेखकहरूले यसको मुख्य कारण जलवायु परिवर्तन भएको बताएका छन्, जसले अक्सिजनको घुलनशीलता घटाएर ५५ प्रतिशत घटाउन योगदान पु¥याउँछ ।

युट्रोफिकेशन अर्थात तालहरूमा पोषक तत्वहरूको बढ्दो सांद्रता लगभग १० प्रतिशत रहेको जनाएको छ ।

लेखकहरूले यी निष्कर्षहरूले ताजा पानीको इकोसिस्टमहरूमा जलवायु परिवर्तनको गहिरो प्रभावलाई रेखांकित गर्ने बताएका छन् ।

जसलाई एरोबिक जीवनलाई कायम राख्न र स्वस्थ जैविक समुदायहरू कायम राख्न पर्याप्त अक्सिजन स्तर चाहिन्छ ।

चाइनिज एकेडेमी अफ साइन्सेसको अनुसन्धानकर्ता झाङ युनलिनले भन्नुभयो,“अक्सिजनको कमीले प्रजातिहरू लोप हुन सक्छ ।

जलीय जीवहरूको मृत्यु र व्यावसायिक माछा मार्ने उद्योगहरूको पतन हुन सक्छ ।” सह–लेखक शि कुनले तालहरूमा पोषक तत्वको मात्रा घटाउनमा ध्यान दिनु पर्ने बताए ।

“डुबेका वनस्पति रोपण र सिमसार निर्माण गर्नाले पनि तालको पारिस्थितिक प्रणाली पुनस्र्थापित गर्न मद्दत गर्न सक्छ,” शिले भनेका छन ।

जलवायु परिवर्तन र गर्मीको लहरका प्रमुख कारणहरूको लागि कुनै विशेष सुझावहरू दिइएको छैन ।

चीनको नानजिङ विश्वविद्यालय र बेलायतको बाङ्गोर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि अध्ययनमा भाग लिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com