पाँच लाख भन्दा बढी आप्रवासीलाई अमेरिका छोड्न ट्रम्प प्रशासनको आदेश


प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार

President Donald Trump speaks in the Roosevelt Room of the White House in Washington, Monday, March 3, 2025. (Pool via AP)

अमेरिकी ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाबाट पुगेका ५ लाख भन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको छ ।

अस्थायी कानूनी अधिकार खारेज गरिएका ति आप्रवासीलाई अमेरिका छोड्न सचेत गराइएको संघीय सरकारको सूचनामा उल्लेख गरिएको छ ।

यी ५ लाख ३० हजार आप्रवासीलाई बाइडन प्रशासनको कार्यकालमा शुरू गरिएको सीएचएनभी नामक प्रायोजन प्रक्रियामा बैधता दिइएको थियो ।

यसको उद्देश्य कानूनी आप्रवासनका लागि पहल गर्नु रहेको थियो । तर ट्रम्पले पदभार सम्हाल्नासाथ यस्ता खालका कार्यक्रमलाई स्थगित गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ति आप्रवासीमध्ये कतिले अस्थायी कानूनी अधिकार प्राप्त गर्न सकेका छन् भन्ने यकिन छैन । यो कार्यक्रम डेमोक्रेटिक राष्ट्रपति जो बाइडनको कार्यकालमा २०२२ मा सुरू भएको थियो ।

यो कार्यक्रमले पहिले भेनेजुएलाका नागरिकलाई समेटेको थियो । तर पछि अन्य देशहरूमा पनि यो कार्यक्रम विस्तार गरिएको थियो।

यो कार्यक्रमले आप्रवासी र तिनका परिवारका सदस्यलाई अमेरिकी स्पोन्सर भएको खण्डमा अमेरिकामा उडान भर्न र अस्थायी आप्रवासनको रुपमा दुई वर्षसम्म बस्न अनुमति दिन्थ्यो ।

बाइडन प्रशासनले सीएचएनभी ले अमेरिकी दक्षिणी सीमामा अवैध सीमा पार गर्ने घटनामा कमी ल्याउने अपेक्षा गरेको थियो ।

यसले अमेरिकामा प्रवेश गर्ने व्यक्तिहरूको राम्रो संग जाँच गर्न मद्दत पुर्याउने रहेको थियो । तर, डीएचएसले यो कार्यक्रम आफ्ना उद्देश्यहरू पुरा गर्नमा असफल भएको बताएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com