ट्रम्पसँगको वार्ताबारे जेलेन्स्कीको प्रतिक्रिया – ‘सकारात्मक, स्पष्ट र महत्त्वपूर्ण’


प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन वार्ताबारे प्रतिक्रिया दिएका छन्। उनले उक्त वार्ता “सकारात्मक”, “स्पष्ट” र “धेरै महत्त्वपूर्ण” भएको बताएका छन्।

उनले युक्रेन र संयुक्त राज्य अमेरिका मिलेर युद्धको वास्तविक अन्त्य र स्थायी शान्ति प्राप्त गर्नका लागि सहकार्य जारी राख्नुपर्ने सहमति भएको समेत बताए । जेलेन्स्कीले भने, “हामीले युक्रेन र संयुक्त राज्य अमेरिका मिलेर युद्धको वास्तविक अन्त्य र स्थायी शान्ति प्राप्त गर्नका लागि सहकार्य जारी राख्नुपर्ने सहमति गरेका छौँ।”

उनले अमेरिकासँगको साझेदारीलाई महत्त्वपूर्ण ठहर्‍याउँदै अमेरिका, राष्ट्रपति ट्रम्प र अमेरिकी नेतृत्वसँग मिलेर यस वर्ष स्थायी शान्ति हासिल गर्न सकिने विश्वास समेत व्यक्त गरे । उनले थपे, “हामी विश्वास गर्छौँ, अमेरिका, राष्ट्रपति ट्रम्प र अमेरिकी नेतृत्वको साथमा यस वर्ष स्थायी शान्ति हासिल गर्न सकिन्छ।”

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच एक घण्टासम्म टेलिफोन वार्ता भएको छ । यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग राम्रो टेलिफोन वार्ता सम्पन्न गरेको बताएका थिए । उनले उक्त वार्तामा रुस र युक्रेनका आवश्यकताहरूलाई मिलाउनका लागि छलफल गरिएको बताउँदै आफूहरू सही दिशामा अघि बढिरहेको जिकिर गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले लेखेका छन्, “युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग राम्रो टेलिफोन वार्ता सम्पन्न गरेँ। हिजो राष्ट्रपति पुटिनसँग भएको वार्तालाई आधार मान्दै रुस र युक्रेनका आवश्यकताहरूलाई मिलाउनका लागि छलफल गरियो। हामी सही दिशामा अघि बढिरहेका छौँ।”

यो पनि पढ्नुहोस् :

जेलेन्स्कीसँगको टेलिफोन वार्तापछि ट्रम्पले भने – ‘हामी सही ट्र्याकमा छौँ’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com