युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ : फिनल्यान्डका राष्ट्रपति स्टब


प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

Finland Ukraine

फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टबले युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार रहेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भएकोे भेटवार्तापछि उनले रूसलाई कूटनीतिक दबाब बढाउन आवश्यक रहेको बताए ।

स्टबले भने, “युक्रेनलाई रूसी आक्रमण विरुद्ध आफ्नो रक्षा गर्ने अस्वीकार गर्न नसकिने अधिकार छ। यो अधिकार कुनै पनि तरिकाले सीमित गर्न सकिँदैन।”

उनले युक्रेन, युरोप र संयुक्त राज्य अमेरिका शान्ति चाहने स्पष्ट संकेत दिइरहेका बेला रूसले पनि आफ्नो इच्छाशक्ति देखाउनुपर्ने बताए। यदि रुसले शान्तिका लागि पहल नगरेमा थप दबाब आवश्यक पर्ने उनको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टबले मंगलबार भएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको टेलिफोन वार्तालाई सही दिशामा उठाइएको कदम भएको जिकिर गरेको छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पले हिंसा रोक्न चाहेको बताउँदै उनी सही भएको समेत बताए।

“ट्रम्पले हत्या रोक्न चाहन्छन् । उनी सही छन् ।”, स्टबले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com