जर्मनीका रक्षामन्त्रीले भने – ‘पुटिन खेल खेलिरहेका छन्, ट्रम्प चुपचाप हेरेर बस्न सक्दैनन्’
प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार
Secretary of Defense Lloyd J. Austin III is greeted upon arrival to the Ministry of Defense in Berlin by German Defense Minister Boris Pistorius and Ambassador Amy Gutmann Jan 19, 2023. (DoD photo by U.S. Air Force Tech. Sgt. Jack Sanders)
जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने वाचालाई ‘अर्थहीन’ बताएका छन्।
उनले जर्मन प्रसारक जेडीएफसँग कुरा गर्दै महत्त्वपूर्ण भनिएको टेलिफोन वार्तापछि पनि पहिलो रातमै नागरिक पूर्वाधारमाथि भएका आक्रमणहरू नरोकिएको बताएका हुन् । उनले भने, “यो महत्त्वपूर्ण भनिएको टेलिफोन वार्तापछि पनि पहिलो रातमै नागरिक पूर्वाधारमाथि भएका आक्रमणहरू रोकिएका छैनन् ।”
मंगलबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन संवादमा पुटिनले ३० दिनसम्म ऊर्जा पूर्वाधारमाथि हमला नगर्ने बताएका थिए। तर, उनले युक्रेनसँग पूर्ण युद्धविराम गर्न अस्वीकार गरेका थिए।
उनले रुसी राष्ट्रपति पुटिन खेल खेलिरहेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई लामो समयसम्म चुपचाप हेरेर बस्न नसक्ने जिकिर गरे ।
पिस्टोरियसले भने, “पुटिन यहाँ खेल खेलिरहेका छन् । मलाई लाग्छ अमेरिकी राष्ट्रपति ट्रम्प लामो समयसम्म यसलाई चुपचाप हेरेर बस्न सक्दैनन्।”
अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच भएको टेलिफोन वार्तापछि पनि रुस र युक्रेनले एक अर्कामाथि हवाई आक्रमण जारी राखेका छन् ।
मंगलबार राती भएको हवाई आक्रमणले दुवै देशको पूर्वाधारमा क्षति पुगेको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रातभर गरिएको आक्रमणमा रुसले सुमीको अस्पतालसहित नागरिक पूर्वाधारलाई निशाना बनाएको बताएका छन् ।








