ट्रम्पलाई बेलायती प्रधानमन्त्रीले भने – ‘युक्रेनलाई बलियो स्थितिमा राख्नुपर्छ’
प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार
Britain’s Prime Minister Keir Starmer, left, and U.S. President Donald Trump shake hands at a joint press conference in the East Room at the White House Thursday, Feb. 27, 2025, in Washington. (Carl Court/Pool Photo via AP)
बेलायतका प्रधानमन्त्री कीअर स्टार्मरले सोमबार राति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरे । उक्त वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज हुन लागेको कुराकानीको पूर्वसन्ध्यामा भएको थियो ।
प्रधानमन्त्री स्टार्मरले ट्रम्पसँगको कुराकानीमा युक्रेनलाई रसियासँगको युद्धमा “जति सक्दो बलियो स्थिति” मा राख्न आवश्यक रहेको बताए। उनले युक्रेनको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायको एकता महत्वपूर्ण रहेको उल्लेख गर्दै, “न्यायसंगत र स्थायी शान्ति” को सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।
यसैबीच, प्रधानमन्त्रीका प्रवक्ताले जानकारी दिएअनुसार, स्टार्मरले ट्रम्पलाई शनिबार अन्तर्राष्ट्रिय नेताहरूसँग भएको “सहयोग गर्न इच्छुक राष्ट्रहरूको गठबन्धन” वार्ताबारे पनि जानकारी गराएका थिए। यो पहलमार्फत युक्रेनलाई थप सहयोग र समर्थन जुटाउने प्रयास भइरहेको छ।







