कार्यभार सम्हाल्दै प्रहरी महानिरीक्षक थापाले भने – मुलुकको शान्ति सुरक्षा प्रमुख प्राथमिकता


प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापा मङ्गलबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह ग्रहणपछि मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ / रासस

प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हालेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाएका उनलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गरेका थियो ।

सो अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गरेकोमा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पद बहालीपछि महानिरीक्षक थापाले नेपाल प्रहरीको श्रीवृद्धिका साथै मुलुकमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नु आफ्नो उद्देश्य भएको बताउँदै त्यसलाई साकार तुल्याउन सङ्गठनका सबैबाट योगदान हुने विश्वास व्यक्त गरे ।

पद बहालीअघि उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यालय परिसरमा निमको बिरुवा रोपेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com