इजरायली हमलामा परेर मृत्यु हुने प्यालेस्टिनीको संख्या कम्तीमा २२० पुग्यो,मन्त्री पनि मारिए


प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार

Cars are on fire after they were hit by rockets from the Gaza Strip in Ashkelon, Israel, on Saturday, Oct. 7, 2023. Palestinian militants in the Gaza Strip infiltrated Saturday into southern Israel and fired thousands of rockets into the country while Israel began striking targets in Gaza in response. (AP Photo/Ohad Zwigenberg)

इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलामा परेर मृत्यु हुनेको संख्या एकजना मन्त्री सहित कम्तीमा २२० जना पुगेको छ ।

इजरायली सेनाको दावी अनुसार गाजामा आन्तरिक मामिला मन्त्रालयका उपमन्त्री र त्यस क्षेत्रका उच्चतम सुरक्षा अधिकारी महमूद अबु वाफा पनि इजरायलको हवाई आक्रमणमा मारिएका छन् । यर यसको हमासले पुष्टि गरेको छैन ।

इजरायली रक्षा सेना आइडीएफ ले हमाससँग सम्बन्धित आश्रयस्थलहरूलाई निशाना बनाइएको बताएको छ ।

यो गाजामा युद्धविरामको सुरुआतपछि भएको सबैभन्दा ठूलो हवाई घातक आक्रमण हो । गाजामा युद्धविरामको अवधि बढाउने वार्ता असफल भएपछि इजरायलले सबैभन्दा ठूलो हमला गरेको हो ।

२० भन्दा बढी इजरायली युद्धक विमानले गाजा, राफा र खान युनिसमा एकैसाथ हमला सुरु गरेका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्री इस्राइल काट्जले मङ्गलबार बिहान हवाई आक्रमणको आदेश दिएका थिए ।

अमेरिकी राष्ट्रपति विशेष दूत स्टीभ विट्कफ र मध्यस्थहरूले दिएका सबै प्रस्तावहरूलाई अस्वीकार गरेको र बन्धकहरुलाई रिहा नगरेका कारण हमला गरिएको इजरायलले बताएको छ ।

इजरायलले हवाई आक्रमण गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसका प्रवक्ताले जानकारी दिएका छन् ।

हमासले यो आक्रमणको कडा विरोध गर्दै इजरायललाई युद्धविराम सम्झौतामा धोका दिएको आरोप लगाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com