प्यालेस्टिनीलाई देश निकाला नगरिने ट्रम्पको आश्वासन


प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ बताएका छन ।

पत्रकारको प्रश्नको जवाफ दिदै ट्रम्पले कसैले पनि प्यालेस्टिनीलाई देश निकाला गर्दैन भनेका छन ।

अमेरिका र कतारसँगै हमास र इजरायलबीचको युद्धविराम वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले ‘गाजा क्षेत्रका बासिन्दाहरूलाई वस्ती छोड्न माग नगर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको वक्तव्यको प्रशंसा गरेको छ ।

इजिप्ट, जोर्डन, हमास र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन पिएलओ ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला नगर्ने’ बताएको भन्दै यसको स्वागत गरेका छन् । यसअघि ट्रम्पले गाजाबाट प्यालेष्टिनीहरुलाई हटाउनु पर्ने बताएका थिए ।

जोर्डनले ‘अमेरिकी राष्ट्रपतिको बुधबारको टिप्पणी’ को स्वागत गर्दै दुई–राज्य प्यालेस्टिनी र इजरायली समाधान र ‘न्यायपूर्ण तथा दिगो शान्ति हासिल गर्ने महत्वलाई जोड दिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको सरकारले प्यालेस्टिनी राज्यको दर्जा अस्वीकार गरेको छ ।

नेतन्याहूको भ्रमणका क्रममा ट्रम्पले युद्धग्रस्त गाजाबाट २० लाखभन्दा बढी पालेस्टिनीलाई विस्थापित गर्ने विचार अघि सारेका थिए ।

इजिप्ट र जोर्डनले उक्त प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पले उक्त योजनालाई ‘जबरजस्ती नगर्ने’ बताएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com