अमेरिकामा आईटी इन्जिनियर थिए रुपेन्द्र, जुवा र क्रिप्टो कारोबारको आरोपमा घरबाटै समातिए


प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा अमेरिकामा बस्दै आएका रूपेन्द्र जिसीसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वतको जलजला गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–१४ बस्ने ३१ वर्षीय जिसीसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका जिसी १० वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनी एक महिना अघि मात्रै बिदामा नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनी अमेरिकामा आइटी इन्जिनियरको रूपमा कार्यरत थिए ।

पोखरा महानगरपालिका–१४ अनुपम टोलस्थित जिसीको साढे तीन तल्ले घरमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा गत शुक्रबार नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा  लिएको हो ।

पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका–५ घर भएका ३३ वर्षीय विक्रम बानियाँ, बेनी नगरपालिका–२ घर भएका २२ वर्षीय सज्जन घिमिरे, म्याग्दी रघुगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दीप कटुवाल समेत रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले उनीहरूको साथबाट ३१ थान मोबाइल, २ थान कम्प्युटर मनिटर, ३ थान सिपियु, ४ थान ल्याप्टप, १ थान आई प्याड, २ थान किबोर्ड, १ थान माउस, ४ थान राउटर, ३ थान पेनड्राईभ, १ थान हार्डडिक्स, ११ थान चार्जर र ७२ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ ।

उनीहरूले ह्वाट्सएप, टेलिग्राम, क्यास एपलगायत एप्लिकेसनहरु मार्फत तीस करोड बराबरको कारोबार गरेको पाइएको कास्की प्रहरीले जनाएको छ । उनीहरूले आफन्तको नाममा विभिन्न बैङ्क खाताहरू खोली कारोबार गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com