दक्षिण कोरियाले उत्तर कोरियालाई ८० लाख डलर बराबरको सहयोग गर्ने


प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

दुई मुलुकबीचको तनावका बावजुद दक्षिण कोरियाले उत्तर कोरियालाई करिब ८० लाख डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

उत्तर कोरियालाई सहयोग उपलब्ध गर्ने योजना दक्षिणले पारित गरेको हो । दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रममार्फत उत्तरका विशेषगरी बालबालिका तथा गर्भवतीका लागि ४५ लाख डलर बराबरका पोषणयुक्त खानेकुरा तथा युनिसेफमार्फत ३५ लाख डलर बराबरका भ्याक्सिन तथा औषधीहरु सहयोग गर्ने जनाएको छ ।

अमेरिका, जापान लगायत मुलुकको बिरोध तथा विभिन्न वस्तुमा प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको निर्णयका वावजुद दक्षिण कोरियाले सो सहयोग उपलब्ध गराउने तयारी गरेको हो । दक्षिण कोरियाको एकीकरणसम्बन्धी मन्त्रालयले आफ्नो सहयोग रणनीतिलाई उत्तर कोरियासँगको भू–राजनीतिक तनावले प्रभाव नपार्ने बताएको छ ।

युनिसेफका क्षेत्रीय निर्देशक करिन हुल्शोफले उत्तरमा करिब २ लाख बालबालिका कुपोषणको सिकार भएको बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com