क्यानडाको टोरन्टोस्थित एक पबमा अन्धाधुन्ध गोली प्रहार, १२ जना घाइते


प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार

क्यानडाको टोरन्टो सहरको एक पबमा अन्धाधुन्ध गोली प्रहार हुँदा १२ जना घाइते भएका छन्।

उक्त घटना शनिबार पूर्वी टोरन्टोको स्कारबोरो सिटी सेन्टर नजिक भएको हो।

प्रहरीका अनुसार गोली लागेर छ जना गम्भीर घाइते भएका छन् । अन्य भने भाँचिएको सिसाका टुक्राहरूका कारण घाइते भएका छन्।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोरन्टो प्रहरीले दिएको जानकारीअनुसार, तीन जना आक्रमणकारी पबभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। प्रहरीका अनुसार उनीहरूसँग असल्ट राइफल र ह्यान्डगन थिए।

टोरन्टो प्रहरीका अनुसार आक्रमणकारीहरूको उद्देश्य के थियो भन्ने बारे अहिलेसम्म खुलासा भएको छैन। प्रहरी अहिले घटनाको अनुसन्धान गरिरहेको छ, तर हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन।

प्रहरीले गोली काण्डमा संलग्न आक्रमणकारीहरूको खोजी तीव्र पारेको जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com