राष्ट्रपति ट्रम्पको अनुभव : छलफल गर्न युक्रेनसँग भन्दा रुससँग सहज


प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

Trump Zelenskyy

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको सम्झौता कठिन हुँदै गएको बताएका छन ।

उनले रुससँग भन्दा सम्झौताका लागि छलफल गर्न युक्रेनसँग कठिन महशुष गरिरहेको ओभल हाउसमा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले भनेका छन ।

अमेरिकाको रुससँगको सम्वन्ध राम्रोसँग चलिरहेको उनले बताए । उनले रुसलाई युद्धविराममा सहमत गराउन उसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने बारेमा सोचिरहेको बताए ।

युक्रेनका उर्जा क्षेत्रहरुमा रुसले हमला बढाएपछि ट्रम्पले यो प्रतिकृया जनाएका हुन । उनले भनेका छन रुसले पनि शान्ति चाहिरहेको छ तर भन्न सकिरहेको छैन ।

अमेरिकाको सम्वन्ध रुससँग राम्रो हुँदै गएकाले शान्ति सम्झौता गर्न उससँग सजिलो हुनसक्ने संभावना बढी रहेको उनले बताए ।

सैन्य र गुप्तचर सहयोग रोकेको अमेरिकाले युक्रेनलाई दिदै आएको उपग्रहमा हुने पहुँचलाई पनि रोकिदिएको छ ।

उपग्रह चित्रण युद्धको समयमा महत्वपूर्ण उपकरण हो । जसले सेनालाई आफ्नो विरोधीको बारेमा जानकारी संकलन गर्न मद्दत पुर्याउँछ ।

जेलेन्स्की सरकारसँग ट्रम्पको तीव्र विवादको बाबजुत उनको विदेश नीति टोलीले भने पछिल्लो दुई दिनमा यूक्रेनप्रति नरम र सहकार्यको कुरा गर्न थालेको छ।

अमेरिकीहरूले जेलेन्स्कीलाई उनीहरूको खनिज स्रोतमा ठूलो हिस्सा दिने सम्झौतामा हस्ताक्षर गर्न र रूससँग छिटो युद्धविराममा सहमति गर्न दबाब दिएका छन् ।

जेलेन्स्कीले युक्रेनका लागि ठोस सुरक्षा ग्यारेन्टीहरूका लागि दबाब दिएका छन् । शुक्रबार ट्रम्पले भने कि सुरक्षा ग्यारेन्टीको विषयमा कुरा गर्न अमेरिका तयार छ तर अहिले होइन भनेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com