युक्रेनसँग शान्ति सम्झौता नभएसम्म रुसमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी


प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

TOPSHOT – US President Donald Trump waits to greet British Prime Minister Keir Starmer at the entrance of the West Wing of the White House in Washington, DC, on February 27, 2025. Starmer is meeting Trump to plead for a US backstop to any Ukraine ceasefire, insisting it would be the only way to stop Russia’s Vladimir Putin from invading again. Starmer arrived in Washington late Wednesday to build on a visit by French President Emmanuel Macron, amid growing concerns in Europe that the US leader is about to sell Kyiv short in negotiations with Putin. (Photo by Carl Court / POOL / AFP)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध थप कडा प्रतिबन्धहरू लगाउने चेतावनी दिएका छन्। रुसले युक्रेनलाई युद्ध भूमिमा पूर्ण रूपमा ध्वस्त गरिरहेको अवस्थामा ट्रम्पले बैङ्किङ, व्यापार र अन्य क्षेत्रमा ठुलो मात्रामा प्रतिबन्धहरू लगाउने चेतावनी दिएका हुन्  ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने,’रुस र युक्रेन तुरुन्त वार्ता टेबलमा बस्नुपर्छ । जबसम्म युद्ध विराम र अन्तिम शान्ति सम्झौता हुँदैन, म रुसमाथि ठुला आर्थिक प्रतिबन्धहरू लगाउने विचार गरिरहेको छु।’

ट्रम्पको यो धम्की ओभल अफिसमा गत हप्ता भएको युक्रेनी राष्ट्रपतिसँगको तनावपूर्ण बैठकपछि आएको हो । गत हप्ता ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच अमेरिका-युक्रेन खनिज सम्झौतासम्बन्धी वार्ता असफल भएको थियो।

यसअघि ट्रम्प प्रशासन रुसप्रति नरम देखिएको र युक्रेनलाई दिइँदै आएको अमेरिकी सहायता (सहायता, हतियार, र गुप्तचर जानकारी) रोक्न प्रयास गरिरहेको आरोप लागेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिजो मात्र अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले न्यूयोर्कको इकोनोमिक क्लबमा दिएको सम्बोधनमा रुसमाथि थप कडा प्रतिबन्धहरू लगाउन सक्ने सङ्केत गरेका थिए ।

उनले भने, ‘राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार प्रतिबन्धहरू तुरुन्तै अधिकतम प्रभाव पार्ने गरी आक्रामक रूपमा प्रयोग गरिनेछन्।’

राजनीतिक विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनको यो रणनीति रुस र युक्रेनबिचको शान्ति वार्तालाई तीव्र बनाउनका लागि हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com