अमेरिकाले भन्यो – जेलेन्स्कीले खनिज सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाए


प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

Trump

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।

‘जेलेन्स्कीले यस सम्झौतामा हस्ताक्षर गर्ने प्रस्ताव गरेका छन्। अब हेर्न बाँकी छ, उनले आफ्नो प्रतिबद्धता पूरा गर्छन् कि गर्दैनन् ।’ विशेष दूत विटकोफले ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग भने।

यस सम्झौतासम्बन्धी जानकारी जेलेन्स्कीले यसै हप्ता ट्रम्पलाई पठाएको पत्रमार्फत बाहिर आएको हो। करिब एक हप्ता अगाडि ओभल अफिसमा सार्वजनिक रूपमा भएको विवादपछि उनले ट्रम्पलाई पत्र पठाएका थिए।

युक्रेनी राष्ट्रपति जेलेन्स्की, अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, र क्याबिनेट सदस्यहरूको उपस्थितिमा भएको संयुक्त कार्यक्रममा सम्झौताबारे विवाद उत्पन्न भएको थियो। सम्झौतामा कुनै सुरक्षा आश्वासन समावेश नभएको भन्दै जेलेन्स्की असन्तुष्ट देखिएपछि उनले त्यस्ता सर्तहरू अस्वीकार गरेका थिए। यस घटनापछि ट्रम्प र भान्स दुवैले उनलाई ‘असम्मानजनक’ र ‘अकृतज्ञ’ भन्दै आलोचना गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, विटकोफका अनुसार जेलेन्स्कीले ट्रम्पलाई पठाएको पछिल्लो पत्रले परिस्थितिलाई सहज बनाएको छ। उनले उक्त पत्रमा माफी मागेका छन् र अमेरिका प्रति कृतज्ञता व्यक्त गरेका छन्।

‘राष्ट्रपति जेलेन्स्कीले राम्रो नियतसहित पुनः संवादको बाटो रोज्ने प्रतिबद्धता देखाएका छन्। उनले माफी मागेका छन् र आफू कृतज्ञ रहेको बताएका छन्’, विटकोफले भने- ‘उनले शान्ति स्थापनाका लागि काम गर्न चाहन्छन्।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com