शिक्षा मन्त्रालय खारेज गर्ने ट्रम्पको तयारी, रिपब्लिकनकै बिरोध


प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालयलाई खारेज गर्ने तयारी गरेका छन । संभवत ट्रम्पले यसैसाता यो निर्णय लिन सक्ने संभावना देखिएको छ ।

ट्रम्पले संघीय सरकारको आकारलाई ठूलो मात्रामा घटाउने गरी बनाएको योजना अनुसार नै यो कदम चाल्न खोजेको देखिएको छ ।

अधिकारीहरूले तयार गरेको कार्यकारी आदेशमा शिक्षा मन्त्री लिंडा म्याकमाहोनलाई शिक्षा मन्त्रालयको निर्माण प्रक्रिया पुन सुरु गर्न निर्देशन दिइएको छ ।

ट्रम्पले लामो समयदेखि शिक्षा मन्त्रालय बन्द गर्ने बताएका थिए । मन्त्रालयलाई पूर्णरूपमा खारेज गर्नका लागि कंग्रेसको सहयोग आवश्यक पर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले शिक्षा मन्त्रालय बन्द गर्ने प्रक्रिया सुरु गर्ने आदेश ड्राफ्ट गर्दैछ । ट्रम्पले कंग्रेसलाई यो मन्त्रालय समाप्त गर्ने कानूनी प्रक्रिया पास गर्न दबाव दिने योजना बनाएका छन् ।

शिक्षा मन्त्रालय खारेज गर्ने तयारीलाई विपक्षी डेमोक्रया्सहरुले भने विरोध गरेका छन ।

फिलाडेल्फिया क्षेत्रकी डेमोक्र्याट प्रतिनिधि म्याडेलिन डिनले ट्रम्पलाई शिक्षित मतदाता आवश्यक नपर्ने भएकाले उनले यो कदम चाल्न थालेको बताइन ।

उनको आरोप छ कि ट्रम्प र उनका अनुयायीलाई शिक्षित नागरिक चाहिदैन । यो कदमका बारेमा केहि रिपब्लिकन कंग्रेस सदस्यहरूले पनि शंका व्यक्त गरेका छन् ।

मेनकी सिनेटर सुजेन कोलिन्सले मन्त्रालय समाप्त गर्ने योजनालाई समर्थन नगर्ने बताइन ।

विशेष गरी अपाङ्गता भएका बालबालिका र कम आय भएका परिवारका लागि आवश्यक कार्यक्रमहरू शिक्षा मन्त्रालय अन्तर्गत रहेकाले आफनो विरोध हुने उनको भनाई छ ।

यदि ट्रम्पले मन्त्रालय समाप्त गर्न सफल भए केही कार्यक्रम र फन्डिङ अन्य एजेन्सीहरूमा सर्ने सम्भावना छ ।

शिक्षा मन्त्री म्याकमाहोनका अनुसार मन्त्रालयले १ ट्रिलियन डलरको संघीय बजेट प्राप्त गरेको भएता पनि अपेक्षित परिणाम ल्याउन सकिरहेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com