अमेरिकी कम्पनीमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँलाई मुद्धा


प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार

अमेरिकी कम्पनीहरुमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँ नागरिकविरुद्ध मुद्धा दायर गरिएको छ । उनीहरुविरुद्ध अपराधिक आरोप लगाउदै अभियोजन समेत गरिएको छ ।

अमेरिकी कम्पनीहरू, सरकारी एजेन्सीहरू र नगरपालिका संस्थाहरूमा साइबर आक्रमण गरेको उनीहरु माथि आरोप रहेको छ ।

ती साइवर आक्रमणहरू मुनाफा कमाउने उद्देश्यका साथ गरिएको थियो । उनीहरुले लाखौं डलरको क्षति पुर्याएको आरोप छ ।

ह्याकरहरूको शिकार भएका व्यक्तिहरूमा चिनियाँ सरकारका अमेरिकी आलोचकहरू, एशियाली सरकारका विदेश मन्त्रालयहरू, र अमेरिकी संघीय तथा राज्य एजेन्सीहरू समावेश रहेका अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । तीमध्ये केहीलाई पछिल्लो वर्ष मात्रै ह्याक गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको न्याय मन्त्रालय अन्तर्गत ल्याइएको पहिलो प्रमुख साइबर आक्रमणसम्बन्धी राष्ट्रिय सुरक्षा मुद्दा हो । यद्यपि यसको अनुसन्धान भने ट्रम्प कार्यालयमा आउनु भन्दा पहिले नै सुरु भएको थियो।

उनीहरुविरुद्धका अलग अलग आरोपपत्रहरू अमेरिकी डिस्ट्रिक्ट अफ कोलम्बिया र न्यूयोर्कको साउथर्न डिस्ट्रिक्टबाट जारी गरिएको हो । १२ जना आरोपित मध्ये कुनै पनि व्यक्तिहरूलाई अमेरिकी हिरासतमा लिइएको छैन।

अमेरिकी न्याय मन्त्रालयका अधिकारीले चीनको ह्याकर फोर हायर ईकोसिस्टम कुनै पनि मापदण्डले नियन्त्रण बाहिर गएको बताएका छन ।

अमेरिकी अधिकारीहरुले लगाएको आरोपलाई वाशिंगटन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ताले खण्डन गरेका छन ।

चीनले चिनियाँ कम्पनीहरू र नागरिकहरूको वैध अधिकार र चासोको सुरक्षा गर्न आवश्यक कदमहरू चाल्नेछ भनेर प्रवक्ता लियु पेंग्युले भनेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com