एलन मस्कको आरोप – बाइडेन प्रशासनका कारण अन्तरिक्ष यात्रीहरूको फिर्तामा ढिलाइ
प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार
अमेरिकी डलर अर्बपति तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार एलन मस्कले पूर्ववर्ती जो बाइडेन सरकारले अन्तरिक्ष यात्रीहरूको फिर्तामा ढिलाइ गरेको आरोप लगाएका छन्।
उनले ८ दिन बस्नुपर्ने अन्तरिक्ष यात्रीहरू ८ महिनादेखि अन्तरिक्षमा बस्नुपर्नेको बताएका हुन् । ‘अन्तरिक्ष यात्रीहरू त्यहाँ केवल ८ दिन बस्नु पर्ने थियो र अब उनीहरू त्यहाँ ८ महिना बिताएका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
स्पेसएक्सका सिइओ समेत रहेका मस्कले लेखेका छन्, ‘स्पेसएक्सले तिनीहरूलाई फिर्ता ल्याउन ६ महिना अघि अर्को ड्र्यागन पठाउन सक्थ्यो, तर बाइडेन प्रशासनले त्यसलाई अनुमति दिन अस्वीकार गर्यो।’
उनले राष्ट्रपति ट्रम्पले उनीहरूलाई सकेसम्म चाँडो फिर्ता ल्याउन आग्रह गरेको बताउँदै आफूहरूले सोही काममा लागि परेको दाबी गरेका छन् ।
अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर गत वर्ष जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको परीक्षण अभियानमा गएका थिए।








