गाजाबाट रिहा गरिएका ८ अमेरिकी नागरिकहरूसँग राष्ट्रपति ट्रम्पको भेट
प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

Trump
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट रिहा गरिएका आठ बन्धकहरूसँग भेट गरेका छन् ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले बुधबार ओभल अफिसमा गाजाबाट रिहा गरिएका आठ अमेरिकी बन्धकहरूसँग भेट गरेका हुन् ।
ह्वाइट हाउसका अनुसार गाजाबाट रिहा गरिएका अमेरिकीहरूले आफूहरूलाई घर फर्काउन गरेको प्रयासको लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका थिए ।
इदान अलेक्ज्याण्डर गाजामा जीवित रहेका अन्तिम अमेरिकी-इजरायली बन्धक हुन्।