युएसएआईडीको फण्ड फ्रिज गर्ने ट्रम्प प्रशासनको अनुरोध सर्वोच्चद्वारा अस्वीकार


प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार

फोटो: डीबीकिंग/सीसी बाइ २.० इजाजतपत्र अन्तर्गत।

संसदबाट पारित युएसएआईडी लगायतको कैयन बिलियन डलरको फण्ड फ्रिज गर्ने ट्रम्प प्रशासनको अनुरोध अमेरिकाको सर्वोच्च अदालतले बुधबार अस्वीकार गरेको छ । ह्वाइट हाउसलाई तल्लो अदालतमा मुद्दा जारी राख्न अनुमति दिँदै अदालतले रकम कहिले जारी गर्नुपर्छ भन्नेबारे भने केही बताएको छैन । सर्वोच्चका ५ जना न्यायाधिसले ट्रम्प प्रशासनको अनुरोध अस्वीकार गरेका हुन् भने ४ जना अनुरोधको पक्षमा देखिएका थिए । ६ जना रुढिवादी र ३ जना लिबरल न्यायाधिसहरु रहेको सर्वोच्चको यो निर्णय ट्रम्प प्रशासनलाई धक्का पुगेको छ ।

सर्वोच्च अदालतको अमेरिकी एजेन्सी युएसएआईडीलाई तिर्ने २ बिलियन डलरबारे संघीय न्यायाधीशको शक्तिलाई समर्थन गरेको छ । अमेरिकी डिस्ट्रिक्ट कोर्टका न्यायाधीश अमिर अलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट रोकिएको रकम प्रदान गर्न आदेशहरूको श्रृंखला जारी गरेपछि ट्रम्प प्रशासनले दायर गरेको आपतकालीन आवेदन सर्वोच्चले अस्वीकार गरेको हो ।

अदालतले मुद्दाको सुनुवाइ एक साता ढिलो गरेको हो । यसबीचमा ठेकेदारले भुक्तानी भने पाएका छैनन् । हस्ताक्षर नगरी जारी गरिएको आदेशमा अदालतले न्यायाधिस अलीले तत्काल भुक्तानीको लागि दिएको म्याद सकिएको र मुद्दा जिल्ला अदालतमा चलिरहेकाले थप निर्णय आउन बाँकी रहेको बताएको छ। मुद्दाबारे बिहीबार सुनुवाइ हुने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलीले फेब्रुअरी १३ जारी गरेको आदेशको पालना गर्न सरकारले के दायित्वहरू पूरा गर्नुपर्छ भनेर स्पष्ट पार्नुपर्ने सर्वोच्चले बताएको छ । अलीले कुनै पनि अनुपालन समयसीमाको सम्भाव्यतालाई विचार गर्नुपर्ने पनि अदालतको भनाई छ ।

सर्वोच्चका चार रूढिवादी न्यायधिशहरूले ट्रम्प प्रशासनको आवेदन सर्वोच्चले अस्वीकार गरेकोमा असहमति जनाएका थिए । न्यायाधिस शमूएल अलिटोले डिस्ट्रिक्ट कोर्टका न्यायाधिस अलीसँग सरकारलाई २ बिलयन करदाताको डलर तिर्न बाध्य पार्ने अनचेक शक्ति नभएको लेखेका छन् । अन्य असन्तुष्टहरू न्यायाधीशमा क्लेरेन्स थोमस, नील गोर्सच र ब्रेट काभानो थिए।

सरकारले यस हप्ताको सुरुमा गत बुधबार रातिसम्म २ अर्ब डलर भुक्तान गर्ने अलीको आदेशलाई पालना गर्न असमर्थ भएको जनाएको थियो। भुक्तान फ्रिजबाट प्रभावित विशेष परियोजनाहरूमा युक्रेनमा नयाँ सिँचाइ र पानी पम्पिङ स्टेशनहरूको स्थापना समावेश छ भने लागोस, नाइजेरियामा वाटरवर्क अपग्रेडको योजना समावेश छ । त्यस्तै भियतनाम र नेपालमा चिकित्सा उपकरणको आपूर्ति र केन्या, युगान्डा, घाना र इथियोपियामा मलेरियासँग लड्ने उपायहरूको योजना पनि त्यसमा समावेश छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com