हनीप्रीत धरानमा पक्राउ !


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

भारतका विवादित बाबा गुरमित राम रहिम सिंह इन्सानको कथित छोरी हनीप्रीत सुनसरीको धरानमा पक्राउ परेको अनुमान गरिएको छ ।

भारतको हरियाणा पञ्चकुलास्थित केन्द्रिय जाँच ब्यूरो, सीबीआईको अदालतले राम रहिमलाई गत २८ अगस्तमा सजाए सुनाएपछि भागेर उनका कथित छोरी हनीप्रीत नेपाल आएकी थिइन । बाबालाई एक पत्रकारको हत्या र अन्य ३८ साधवीमाथि बलात्कार आरोपको लागेको छ । र, हनीप्रीतले समेत बाबालाई सहयोग गरेको भन्दै भारतीय प्रहरीले हनीप्रीतलाई वान्टेटमा राखेको छ ।

भारतको राजस्थानमा जन्मेका ५० वर्षीय बाबालाई दुई साधवीको बलात्कार अभियोगमा अदालतले २० वर्ष सजाय सुनाएलगतै उनकी आत्मीय सहयोगी हनीप्रीत प्रहरीबाट बच्न नेपाल आएका हुन ।

            हनीप्रीत जस्तै लागेर धरानमा प्रहरीले पक्राउ गरेको युवती ।

 

भारतीय संचार माध्यमहरुले हनीप्रीत नेपालमा रहेको समाचार प्रकाशन तथा प्रशारण गरेपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई हनीप्रीत पक्राउ गर्न सहयोग मागेको थियो । भारतीय प्रहरीले सहयोग मागेपछि नेपाल प्रहरी र केन्द्रिय अनुसन्धान ब्यूरो समेत सक्रिय भएको छ । यबसैबीच, मंगलबार साँझ हनीप्रीत धरानमा पक्राउ परेको हल्ला चलेको थियो । प्रहरीले हनीप्रीत जस्तै लागेर एक युवती पक्राउ गरेको थियो । तर, इलाका प्रहरी कार्यालय धरानले भने उत्त युवती हनीप्रीत नरहेको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com