एन्ड्र्यू कुमोद्वारा न्यूयोर्क सिटीको मेयरमा उम्मेदबारी घोषणा


प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

न्यूयोर्कका पूर्व गभर्नर एन्ड्र्यू कुमोले न्यूयोर्क सिटीको मेयर पदमा उम्मेदवारी  घोषणा गरेका छन्। कुमोले राजीनामा गरेको तीन वर्षपछि पुनरागमन प्रयास स्वरूप एरिक एडम्सलाई हटाउने दौडमा सहभागिता जनाउनेछन्।

व्यापक चर्चा, भित्री समर्थकहरू र गभर्नरको रूपमा एक दशकको अनुभवका साथ कुमो डेमोक्रेटिक प्राइमरी दौडमा सहभागी हुनेछन्। १७ मिनेट लामो भिडियोमा कुमोले आफ्नो उम्मेदवारी घोषणा गर्दै अपराधसँग लड्न तयार रहेको बताएका छन्।

११ वटा यौन उत्पीडनको आरोपपछि अगस्त २०२१ मा राजीनामा दिएका कुमोले आफू निर्दोष भएको प्रमाणित गर्न कानूनी शुल्कबापत २५ मिलियन डलर करदाताको रकम खर्च र वर्षौं समय बिताएका छन्। चुनाव जित्नको लागि उनले न्यूयोर्कवासीहरूलाई आफू निर्दोष भएको विश्वस्त गर्नुपर्ने चुनौती रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले २०२१ मा राजीनामा दिनु अघि आफ्नो स्वीकृति दर उच्च रहेको थियो। कोरोना महामारीको बेलामा उनले दैनिक ब्रीफिङहरू दिएका थिए र प्रायः सीएनएनमा देखा परेका थिए। त्यतिबेला उनको व्यापक समर्थन थियो। तर यौन उत्पीडनको आरोपहरू देखापरेपछि कुमोले पद त्याग गर्नुपर्ने अवस्था आयो।

कुमोको अभियान मेयर एरिक एडम्स भ्रष्टाचारको आरोपमा महिनौंदेखि संघीय अभियोगको सामना गरिरहेको बेलामा आएको हो। डिपार्टमेन्ट अफ जस्टिसले एडम्सविरुद्धको आरोप खारेज गर्न खोज्दा, एडम्सविरुद्धको मुद्दा रोकिएको छ।

अन्य डेमोक्र्याटिक उम्मेदवारहरूमा सिटी कम्प्ट्रोलर ब्राड ल्यान्डर, पूर्व कम्प्ट्रोलर स्कट स्ट्रिङ्गर, राज्य सांसद जोहरान ममदानी, राज्य सिनेटर जेसिका रामोस र जेलनोर मायरी लगायत छन्। उनीहरू पनि मेयर एडम्सलाई दोस्रो कार्यकालका लागि चुनौती दिँदै जुन २४ को प्राइमरीका लागि चुनावी दौडमा छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com