अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा लोसारको शुभकामना


प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार

photo by Freddie Everett

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लोसारको शुभकामना दिएका छन् । उनले ल्होसार मनाउने सबैमा शुभकामना व्यक्त गर्दै भनेका छन् -“सर्प वर्षको यो पहिलो दिन हामी विश्वभर तिब्बती समुदायको शक्ति र लगनशीलता मनाउँछौं। अमेरिका तिब्बतीहरूको विश्वव्यापी, मौलिक र अपरिहार्य मानव अधिकारको रक्षा गर्न र तिनीहरूको छुट्टै सांस्कृतिक, भाषिक र धार्मिक सम्पदाको प्रवर्द्धन गर्न प्रतिबद्ध छ।”

रुबियोले अगाडि भनेका छन् – “नयाँ वर्ष २०७७ को उपलक्ष्यमा विश्वभरका तिब्बतीहरूमा शान्ति र समृद्धिको कामना गर्दछु। लोसार टासी देलेक र नयाँ वर्षको शुभकामना ।”

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नेपालको शेर्पा समुदायले पनि यो लोसार विविध कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । यो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । यो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका नेपालका १२ जिल्लामा मनाइने यो ल्होसार हाल कम्तीमा २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा दुईतीन दिन अगाडि घर,आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । प्रचलनअनुसार सबैले खाइसकेको वाकी अशं दोबाटोमा फाल्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घर सफा गरी फोहोर मैला फालीसके पछि जसमा नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै, भटमास, केराउ, चना, मुला, चामल आटा आदि मिसाई बनाइएको एक परिकार गुथुक सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ ।

परिवारको सख्यां अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका कागज, घ्यू, नुन, खुर्सानी, कोइला आदि इत्यादि सामग्री राख्ने गरिन्छ । ती सामाग्रहरूमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अर्थाइएको हुन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री पर्‍यो त्यहि प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ ।

गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ ।

त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी छ्याङगुल खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । ल्होसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ ।

लोसारका लागि तयार पारेर राखिएका परिकारहरू जस्तै छिमार, खप्से, लगायतका प्रसाद भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि हेरि घरको दुरी, आगँन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा लुङ्दार टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ ।

लामाबाट अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने प्रचलन पनि छ । परिवारबीच ल्होसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरीय क्षेत्रमा पिकनिक आयोजना तथा विभिन्न तरिकाबाट पनि ल्होसार मनाउने गरिन्छ । यो लोसार नेपाल, तिब्बत, भुटान, मंगोलिया, भारत र अन्य देशहरूमा पनि मनाइन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com