अमेरिका र बेलायतकाबीचमा चाँडै व्यापार सम्झौता हुने


प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र बेलायत बीचको व्यापार सम्झौता चाँडै टुंगो लाग्ने बताएका छन । बेलायती प्रधानमन्त्री कीर स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले यो खुलाशा गरेका हुन ।

बेलायती प्रधानमन्त्रीको व्हाइट हाउस भ्रमणको क्रममा बोल्दै ट्रम्पले वास्तविक व्यापार सम्झौताको परिकल्पना गरेका छन ।

बेलायतलाई अमेरिका अन्य व्यापार साझेदारहरूसँग गरेका केही उच्च करहरूबाट बच्न मद्दत पुर्याउन सक्ने खालको सम्झौताको हुने अपेक्षा गरिएको छ ।

कीरको अमेरिका भ्रमण प्रधानमन्त्री कार्यकालको महत्वपूर्ण क्षणको रूपमा हेरिएको छ । भ्रमणको क्रममा उनले यूक्रेनसँगको सम्झौताका बिषयमा कुरा गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यूक्रेनसँगको सम्भावित सम्झौता र बेलायतको चागोस द्वीपसमूहमा मरीशससँगको सम्भावित सम्झौताका विषयमा ट्रम्पले पत्रकार सम्मेलनमा धारणा राखेका थिए ।

बेलायती प्रधानमन्त्री कीरले अमेरिकी सुरक्षा ग्यारेन्टी बिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनमा पुनःआक्रमण गर्न सक्ने बताएका छन ।

ट्रम्पले शुक्रबार यूक्रेनसँग हस्ताक्षर हुने खनिज सम्झौताले युक्रेनको सुरक्षामा ब्याकस्टप प्रदान गर्न सक्ने बताए ।

अमेरिकी श्रमिकहरु युक्रेनमा रहँदासम्म कोही कसैले युक्रेनमा हमला गर्न सक्नेछैन ट्रम्पले भनेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com