अमेरिकाका २ राज्यमा दादुरा संक्रमण बढ्यो, अधिकांश संक्रमित १७ बर्षभन्दा कम उमेरका


प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार

person in white long sleeve shirt holding silver and black tube type mod

अमेरिकाका टेक्सास र न्यू मेक्सिकोमा दादुरा (मीजल्स) का बिरामी बढेका छन । ति राज्यहरुमा संक्रमितको संख्या १०० नजिक पुगेको छ । स्वास्थ्य अधिकारीहरुले महामारी हो कि भनेर अनुसन्धान गरिरहेको बताएका छन ।

टेक्सासको राज्य स्वास्थ्य सेवाले पछिल्लो महिनामा राज्यको उत्तर पश्चिमी भाग स्थित साउथ प्लेन्स क्षेत्रमा ९० जनामा दादुराको संक्रमण पुष्टि भएको छ । तीमध्ये कम्तिमा ७७ जना बच्चा र किशोर छन् । उनीहरुको उमेर १७ वर्षभन्दा कम रहेको छ ।

उता न्यू मेक्सिकोका अधिकारीहरूले टेक्साससँगको पूर्वी सिमाना भएका ली काउन्टीमा नौ जना संक्रमित फेला परेका बताएका छन । दादुरा अर्थात मीजल्स एकदमै संक्रामक रोग हो । यसले मृत्युको मुखमा समेत संक्रमितलाई पुराउन सक्छ ।

अमेरिकीमा खोप विरोधी धारणा बढिरहेको समयमा यो महामारीको घटना वाहिर आएको छ । टेक्सासका स्वास्थ्य अधिकारीहरूले कतिपय बच्चाहरुमा देखिएको संक्रमण कम भएपछि अभिभावकहरुले रिर्पोट नगरेको पनि हुन सक्छन भनेर बताएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सबैभन्दा संक्रमणजन्य रोग हो । ज्वरो, खोकी, पानी आउनु, आँखा चिलाउने लगाएतका लक्षण रहेका छन । मीजल्सको संक्रमणले गर्भवती महिलाहरू र साना बच्चाहरूको अवस्थालाई जटिल बनाउन सक्छ ।

अमेरिकाका अधिकांश बच्चाहरूले मीजल्सको विरुद्ध दुई डोज खोप लगाएका छन । जसले मीजल्सबाट ९७ प्रतिशत प्रभावकारी सुरक्षा प्रदान गर्ने अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रले बताएको छ ।

स्वास्थ्य विशेषज्ञहरूले यदि सही ढंगबाट खोप लगाइयो भने यो रोग निमूल गर्न सकिन्छ । समुदायका ९५ प्रतिशत मानिसहरूले दादुरा अर्थात मीजल्सको खोप लगाएत भने संक्रमणलाई निमूल गर्न सकिने चिकित्सकहरुले बताउदै आएका छन ।

अमेरिकाका बच्चाहरूले १९६३ देखि मीजल्स विरुद्धको खोप लगाएका छन् । यो खोपलाई दश वर्ष पछि मम्प्स र रूबेला भाइरसका लागि खोपसँग मिलाएर दिन थालिएको हो ।

खोप अभियान सुरुहुनु अघि ४८ हजार भन्दा बढी मानिस प्रत्येक वर्ष मीजल्सका कारण अस्पतालमा भर्ना हुने गरेका थिए ।

ति मध्ये ५ सय जनाको यहि रोगका कारण मृत्यु हुने गरेको थियो । सन २०२४ मा अमेरिकामा २८५ संक्रमित बिरामी भेटिएका छन । ति मध्ये ११४ अस्पताल भर्ना भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com