ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध एपीद्वारा मुद्दा दायर


प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार

(250130) — WASHINGTON, Jan. 30, 2025 (Xinhua) — U.S. President Donald Trump speaks during a press conference on an aircraft collision at the White House in Washington, D.C., the United States, on Jan. 30, 2025. Trump on Thursday lashed out at former President Joe Biden and the Diversity, Equity, and Inclusion (DEI) policies after an American Airlines regional jet collided Wednesday night with an Army helicopter while landing at the Ronald Reagan Washington National Airport just across the river from Washington, D.C. (Xinhua/Hu Yousong)

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध मुद्धा दायर भएको छ ।

राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

ह्वाइट हाउसले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको १० दिनपछि वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

ट्रम्पले मनोनीत गरेका अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ । एपीले आफ्नो मुद्दा ह्वाइट हाउसले भाषण नियन्त्रण गर्न गरेको असंवैधानिक प्रयासको बारेमा रहेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसन विल्स, डेपुटी चिफ अफ स्टाफ टेलर बुडोविच र प्रेस सेक्रेटरी कारोलिन लेभिटविरुद्ध मुद्धा दायर गरिएको हो ।

“प्रेस र संयुक्त राज्य अमेरिकाका सबै मानिसहरूलाई आफ्नै शब्द छनौट गर्ने अधिकार छ र सरकारद्वारा प्रतिशोध नलियोस्” अमेरिकी एसोसिएटेट प्रेस (एपी)ले दायर गरेको मुद्धामा भनिएको छ ।

गत महिना एपीले एक ‘स्टाइल नोट’मा ‘मेक्सिकोको खाडीले ४०० वर्षभन्दा बढी समयदेखि यो नाम बोकेको’ उल्लेख गरेको थियो ।

यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा ‘संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको’ उल्लेख गरिएको थियो ।

एपीले भनेको छ, “एपीको सम्पादकीय स्वतन्त्रता र समाचार सङ्कलन गर्ने र रिपोर्ट गर्ने क्षमतामाथि लक्षित आक्रमण पहिलो संशोधनको मूल मर्ममा प्रहार गरिएको छ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एपीलाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिएका थिए । ह्वाइट हाउसले एपीका पत्रकारहरूलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ ।

बिहीबार राजधानी वासिङ्टनमा रिपब्लिकन गभर्नर्स एसोसिएशनलाई सम्बोधन गर्दै ट्रम्पले भने, “हाम्रो एउटा समाचार संस्थासँग लडाइँ छ, जुन एक ‘कट्टर वामपन्थी सङ्गठन’ हो ।

लामो समयदेखि अमेरिकी पत्रकारिताको रूपमा रहेको १८० वर्ष पुरानो यो सञ्चारमाध्यमले अमेरिका र विश्वभरका छापा, टिभी र रेडियो प्रकाशन तथा प्रशारणहरूका लागि समाचार प्रदान गर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com