न्युयोर्क सिटीको व्यस्त क्षेत्रमा गाडीलाई शुल्क लिने नियमको स्वीकृति ट्रम्पद्वारा खारेज
प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार

ट्रम्प प्रशासनद्वारा न्युयोर्कसिटीको व्यस्त सडकमा गाडी चलाउदा अतिरिक्त शुल्क तिर्नुपर्ने नियमको संघीय स्वीकृति खारेज गरिएको छ । गतमहिनादेखि न्युयोर्कको म्यानहटनमा पहिलोपल्ट व्यस्त सडकमा गाडी चलाउदा अतिरिक्त शुल्क तिर्नुपर्ने लागु भएको थियो ।
ट्रम्प प्रशासनका तर्फबाट बुधवार गभर्नर क्याथी होकुललाई लेखिएको पत्रमा अतिरिक्त शुल्क तिर्नुपर्ने नियमको स्वीकृति खारेज गरिएको उल्लेख गरिएको छ । पत्रमा खारेजी कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन । तर एमटीएले यो निर्णयको विरुद्ध अदालतमा मुद्दा दायर गर्ने बताएको छ ।
ट्रम्पका यातायात्रमन्त्रीले पत्रमा कामकाजी वर्गका मोटरिस्टहरूको लागत, टोलहरूको राजस्वलाई सडक सुधारको सट्टा यातायात सुधारमा प्रयोग गर्नु र यस योजनाको दायरा संघीय कानूनी प्रावधानसँग तुलना गर्दै नियम खारेजीको कारणबारे व्याख्या गरेका छन् ।
कार्यक्रम जनवरी ५ मा सुरु भएको थियो । यसले अधिकांश चालकहरूलाई म्यानहट्टनको ६० औं सडकको तलको क्षेत्र प्रवेश गर्दा अतिरिक्त शुल्क बापत प्रतिदिन ९ डलर तिर्नुपर्ने प्रावधान ल्याएको थियो । जसमा टाइम्स स्क्वायर र एम्पायर स्टेट बिल्डिंग जस्ता प्रसिद्ध गन्तव्यहरू छन्।
यस योजनाले चालकहरूलाई भीडभाड क्षेत्रमा प्रवेश गर्नबाट हतोत्साहित गर्न र म्यानहट्टनको प्रदूषण घटाउने आशा गरिएको थियो, जबकि एमटीएले यसबाट १५ बिलियन उठाउने लक्ष्य लिएको थियो।
यो नियमले म्यानहट्टनबाट आगन्तुक र व्यवसायहरूलाई टाढा राख्ने भन्दै ट्रम्पले यसलाई अन्त्य गर्ने बताएका थिए । प्रारम्भिक हप्ताहरूमा यो कार्यक्रमले ग्रिडलक कम गरेको देखाएको थियो किनकि कम चालकहरू टोल क्षेत्र प्रवेश गरेका थिए। फेब्रुअरीको पहिलो हप्ता टोल क्षेत्र भित्रको यातायात गत वर्षको सोही समयको तुलनामा ९ प्रतिशत घटेको थियो।
अतिरिक्त शुल्क टोलको प्रस्ताव दुई वर्ष पहिले न्यूयोर्क राज्यकी गर्भनर क्याथी होचुलले उठाएकी थिइन । तर केही सवारी साधक र व्यवसायीहरूको गुनासोपछि यसलाई स्थगित र संशोधन गरिएको थियो।