युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘तानाशाह’ भएको ट्रम्पको आरोप, ट्रम्प भन्छन् -‘यो सुरु गर्न नपर्ने युद्ध थियो’


प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका छन् । युक्रेनी राष्ट्रपतिले ट्रम्प रुसी गलत सूचनाको ‘सर्कल’मा बसेको बताएपछि राष्ट्रपति ट्रम्पले भोलोडिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका थिए।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र राष्ट्रपति ट्रम्पबीचको द्वन्द्व बुधवार बढेको छ । जेलेन्स्कीले अमेरिकी नेता रुसबाट विकृत सूचनाको जालमा फसेको बताएपछि ट्रम्पले
जेलेन्स्कीलाई “चुनाव बिनाको तानाशाह” भनेर खिल्ली उडाएका हुन् ।

अमेरिका र रुसका अधिकारीहरूले युक्रेन सरकारलाई सहभागी नगराई युक्रेनमा लडाइँ अन्त्य गर्नेबारे वार्ता सुरु एक दिन पछि यो भनाभन आएको हो। साउदी अरेबियामा भएको बैठकपछि ट्रम्पले युक्रेनले युद्ध सुरु गरेको बताएका थिए । जुन टिप्पणीले बुधवार बिहान जेलेन्स्कीबाट कडा खण्डन आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक सामान्यरुपमा सफल हास्य कलाकार भोलोडिमिर जेलेन्स्कीले अमेरिकालाई ३५० बिलियन डलर खर्च गर्न, जित्न नसकिने युद्धमा जानको लागि कुरा गरेको ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । जुन युद्ध कहिल्यै सुरु गर्नुनपर्ने रहेको साथै अमेरिका र ट्रम्प बिना कहिल्यै समाधान गर्न सक्षम नहुने ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

वास्तवमा अमेरिकाले युक्रेनलाई सहायताको लागि ११९ बिलियन डलर छुट्याएको छ । ट्रम्पले भनेजस्तो ३५० बिलियन डलर भने होइन । ट्रम्पले युक्रेनको भविष्यको सुरक्षा अमेरिकी समस्या नहुने बताएका छन् । यो युद्ध अमेरिकाका लागि भन्दा युरोपको लागि धेरै महत्त्वपूर्ण रहेको तथा अमेरिका र युरोपलाई छुट्याउने ठूलो, सुन्दर महासागर रहेको ट्रम्पले बताएका छन् ।

ट्रम्पको पछिल्लो टिप्पणीले उनले मंगलबार लगाएका यस्तै आरोपपूर्ण बयानहरू दोहोराएको छ । ट्रम्पले युक्रेनले युद्ध कहिल्यै सुरु गर्नुनपर्ने युद्ध भएको बताएका थिए । साथै युक्रेनले चुनाव गराउनुपर्ने रुसी मागलाई ट्रम्पले पनि समर्थन गरेको देखिन्छ। फेब्रुअरी २०२२ मा रूसको आक्रमण पछि मार्शल कानून अन्तर्गत चुनावहरू निलम्बित गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com