भारतीय दूतावासले भन्यो : नेपाली विद्यार्थी ओडिसामा मृत भेटिएको घटनाप्रति दुःख लागेको छ


प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार

काठमाण्डौमा रहेको भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ । दूतावासले ओडिसा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

कलिङ्गा इन्स्टिच्युटले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्राबासमा बस्न अपिल गरेको छ ।

कलिङ्गा इन्स्टिच्युटले विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै दूतावासले भारत सरकारले नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने जनाएको छ ।

केआइआइटीमा मृत भेटिएकी छात्रा प्रकृति लम्साल रुपन्देहीको भैरहवा बैंक कलौनीकी रहेको खुलेको छ । उहाँ सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थायी घर भएका सुनिल लम्सालकी छोरी हुनुहुन्थ्यो ।

प्रकृतीले त्यहाँ बीआइटी तेस्रो वर्षमा अध्ययन गरिरहनु भएको थियो । भैरहवामा स्थायी घर भए पनि लम्साल परिवारले काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए ।

प्रकृतीले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको उहाँका साथीहरुले बताएका छन् ।

कलिङ्गा इन्स्टिच्युटले विद्यार्थीहरुलाई कलेजमा फर्कन आव्हान गरेपनि नेपाली विद्यार्थीहरुले आफु असुरक्षित भएको महशुष गरिरहेको भन्दै अस्वीकार गरेका छन ।

उनीहरुले मगलबार विहानपनि होस्टेलमा रहेका विद्यार्थीहरुमाथि कुटपिट भएको बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com