ABC EXIT POLL : प्रदेश नम्बर २ मा कांग्रेसले ३९, राजपाले २६ र एमालेले २२ स्थानीय तह जित्ने


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

वीरगन्ज महानगरमा कांग्रेसले बाजी मार्ने

एबीसी न्यूजले तेस्रो चरणको स्थानीय तह निर्वाचको एक्जीट पोल सार्वजनिक गरेको छ ।
एबीसी न्यूजले तयार पारेको एक्जीट पोल अनुसार दुई नम्बर प्रदेशको निर्वाचनमा ३९ स्थानीय तहमा जित हासिल गर्दै नेपाली कांग्रेस पहिलो पार्टी बन्ने छ । त्यस्तै, २६ स्थाीय तहमा जित हासिल गर्दै राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो र २२ स्थानमा जित हासिल गर्दै नेकपा एमाले तेस्रो पार्टी बन्नेछ । एक्जीट पोल अनुसार नेकपा माओवादी केन्द्र १७ स्थानीय तहमा जित हासिल गर्दै चौथो पार्टी बन्ने छ भने मधेस पृष्टभूमी भएको संघीय समाजवादी फोरम नेपाल १५ स्थानीय तहमा जीत हासिल गर्दै पाँचौ पार्टी बन्ने छ ।

विजकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले तीन स्थानीय तहमा जित्ने प्रक्षेपण गरिएको छ । तर, राप्रपा लगायतका राजनीतिक दल पनि दुई नम्बर प्रदेशको निर्वाचनमा प्रतिस्पर्धी मानिए पनि ती दलले जित्ने निश्चित भएको कुनै पनि स्थानीय तह नरहेको एक्जीट पोलले बताएको छ । एक्जीट पोल अनुसार १३ स्थानीय तहमा तीब्र प्रतिस्पर्धा हुने र चार स्थानीय तहमा स्वतन्त्र वा अन्य उम्मेदवारले जित्ने छन् । १३ स्थानीय तहमा हुने तीब्र प्रतिस्पर्धाले एक्जीट पोल मार्फत किटान गरिएको संख्यामा केही अंक तलमाथी हुनसक्ने सम्भावना रहेको छ ।

एबीसी न्यूजले तयार पारेको एक्जीट पोल अनुसार दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा नेपाली कांग्रेसले जित हासिल गर्ने छ । त्यस्तै, तीन उपमहानगर मध्ये कलैया र जीतपुर–सिमरा उपमहानगरपालिकामा एमाले बिजयी हुने छ भने जनकपुर उपमहानगरपालिकामा कांग्रेस र राजपाबीच तीब्र प्रतिस्पर्धा हुनेछ ।

एक्जीट पोल आफैमा चुनौतीपूर्ण काम मानिन्छ । तर, एबीसी न्यूजले अघिल्लो दुई चरणको निर्वाचनमा समेत एक्जीट पोलको अभ्यास गरिसकेको छ । अघिल्लो दुई निर्वाचनमा एबीसीको एक्जीट पोल ९९ प्रतिशत मिलेको थियो । यस पटकको एक्जीट पोलको आधार पनि बलियो रहेको धेरै फरक नहुने एबीसी मिडिया ग्रुफका अध्यक्ष तथा समाचार प्रमुख शुभशंकर कंडेलले जानकारी दिनु भयो ।

एबीसी एक्जीट पोल सार्वजनिक कार्यक्रममा एबीसी मिडिया ग्रुफका अध्यक्ष तथा समाचार प्रमुख शुभशंकर कंडेल, नागरिक दैनिकको प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार गुणाराज लुइटेल, पत्रकार डा. राजेश अहिराज र राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी सहभागी थिए ।

एक्जीट पोल र निर्वाचन सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com