अमेरिका र इजरायलको चेतावनीपछि हमासले रिहा गर्न लागेका तीन बन्धकको नाम सार्वजनिक


प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

युद्धविरामको भविष्य अनिश्चित भइरहेका बेला हमासले शनिबार रिहा गर्न लागेका तीन बन्धकहरुको नाम सार्वजनिक गरेको छ ।

रिहा गरिने बन्धकहरूमा रुसी-इजरायली अलेक्जान्डर ट्रोउफानोभ, अर्जेन्टिनी-इजरायली याएर होर्न, र अमेरिकी-इजरायली सागुई डेकल-चेन रहेका छन्।

हमासले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेपछि इजरायलले तोकिएको समयमा बन्धकहरुलाई नछाडे पुनः हमासविरुद्ध बमबारी सुरु गरि युद्धविराम अन्त्य गर्ने चेतावनी दिएको थियो ।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासले शनिबार दिउँसोसम्म गाजामा रहेका सबै बन्धकहरूलाई रिहा नगरे युद्धविराम तोडिनुपर्ने बताएका थिए ।

१९ जनवरीदेखि युद्धविराम लागू भएपछि हालसम्म १६ इजरायली र ५ थाईल्यान्डका बन्धकहरू रिहा भएका छन्। यसबापत इजरायलले ५६६ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।

पहिलो ६ हप्ताको चरणमा हमासले ३३ बन्धकलाई छोड्नुपर्नेछ, जसको बदलामा इजरायलले १,९०० प्यालेस्टिनी बन्दीहरू रिहा गर्नेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com