अमेरिकामा अवैध रूपमा बसिरहेका नागरिकहरूलाई फिर्ता लैजान भारत तयार : प्रधानमन्त्री मोदी
प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीय नागरिकहरूलाई फिर्ता लैजान भारत तयार रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्तापछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीय नागरिकहरूलाई फिर्ता लैजान भारत तयार रहेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने, “यस विषयमा हाम्रो दृष्टिकोण स्पष्ट छ। यदि कुनै भारतीय नागरिक अवैध रूपमा अमेरिकामा बसिरहेका छन् भने हामी तिनीहरूलाई भारत फिर्ता लैजान पूर्ण रूपमा तयार छौँ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेदेखि नै अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई फिर्ता पठाउने नीति कडा बनाएका छन्। हालै अमेरिकाले सैन्य विमानमार्फत बिना कागजात बसिरहेका भारतीयहरूलाई एक समूहका रूपमा भारत फिर्ता पठाएको छ।