अमेरिका पठाइदिन्छु भनेर ठगी गर्ने २ जना पक्राउ
प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन । उनीहरु काठमाण्डौबाट पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ५ का २९ बर्षीय विशाल ठाकुर र सिराहा नगरपालिका ८ का ३३ बर्षीय रमेशकुमार ठाकुर रहेका छन् ।
उनीहरुले २ जनाबाट अमेरिका पठाइदिने भन्दै २१ लाख रुपैया ठगी गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
पक्राउ परेका दुवै जनालाई कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
यसअघि पनि अमेरिका पठाइदिने प्रलोभन देखाएर ९७ लाख ५४ हजार ठगी गर्ने गोरखाको शहिदलखन गाउँपालिका ७ का ३७ बर्षीय सुरेन्द्र बि क लाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको थियो ।