अमेरिकी स्वास्थ्यमन्त्रीमा खोप विरोधी रोबर्ट केनेडी जुनियरको नाम सिनेटबाट अनुमोदन
प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

अमेरिकी स्वास्थ्यमन्त्रीमा खोप विरोधी रोबर्ट केनेडी जुनियरको नाम सिनेटबाट अनुमोदन भएको छ ।
बिहीबार सिनेट बैठकमा ५२-४८ मतान्तरसहित केनेडीको नाम अनुमोदन भएको हो । उनी अमेरिकाका ३५ औँ राष्ट्रपति जोन अफ केनेडीका भतिज हुन् ।
गत राष्ट्रपति चुनावमा उम्मेदवार बनेका रोबर्ट एफ केनेडी जुनियरले पछि ट्रम्पलाई समर्थन गर्दै आफ्नो चुनावी अभियान समाप्त गरेका थिए । पछि राष्ट्रपति ट्रम्पले केनेडीलाई स्वास्थ्यमन्त्री बनाउने घोषणा गरेका थिए ।
रोबर्ट केनेडी जुनियर (आरएफके जुनियर) एक अमेरिकी राजनीतिज्ञ, वातावरणीय अभियन्ता र खोप विरोधी हुन्।