नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित


प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ । भट्टराईले सात सय ६१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गर्नुभयो ।

भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष डा भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराउनुभएको हो । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो ।

उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित हुनुभएको छ । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नवनिर्वाचित अध्यक्ष डा भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जनक्रान्तिको अभियानको थालनी गर्ने बताउनुभयो । आजदेखि नयाँ जनअभियान सुरु भएको उल्लेख गर्दै उहाँले समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन गराउन पार्टी सफल भएको बताउनुभयो । यही फागुन १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष डा भट्टराईले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com