अमेरिका र इजरायलको चेतावनीपछि हमासले भन्यो – ‘बन्धकहरूको रिहाइ जारी रहन्छ’


प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको चेतावनीपछि हमासले गाजा युद्धविराम सम्झौतालाई लागु गर्न आफू प्रतिबद्ध रहेको बताएको छ ।

हमासले तोकिएको समयमा बन्धकहरूको रिहाइ जारी राख्ने जनाएको हो ।

हमासले बिहीबार जारी गरेको विज्ञप्तिमा इजरायलसँगको युद्ध विराम सम्झौताअनुसार बन्धकहरूको रिहा गरिने जनाइएको छ ।

यस्तै, इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले अवरोधहरू हटाउन र खाडलहरू कम गर्ने प्रतिबद्धता व्यक्त गरेको हमासले जनाएको छ।

हालको युद्ध विराम सम्झौतामा पहिले सहमति भए अनुसार अर्को बन्धक-कैदी आदानप्रदान शनिबार हुने तय भएको छ। यसबारे इजरायली अधिकारीहरूबाट कुनै टिप्पणी आएको छैन।

इजरायलका प्रधानमन्त्री नेतन्याहूले शनिबारसम्म बन्धकहरूलाई मुक्त नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका थिए ।

त्यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शनिबारसम्म हमासले सबै बन्धकलाई गाजाबाट मुक्त नगरे युद्ध विराम सम्झौतालाई रद्द गर्नुपर्ने बताएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com