रुसी राष्ट्रपति पुटिन ‘शान्तिको लागि तयार छैनन्’ : युक्रेनी राष्ट्रपति जेलेन्स्की


प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार

Ukraine’s President Volodymyr Zelensky gestures as he speaks during a joint press conference with the German Chancellor following their meeting on May 14, 2023 at the Chancellery in Berlin. (Photo by Tobias SCHWARZ / AFP)

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बिहान किएभमा भएको घातक रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणले क्रेमलिनले युक्रेनमा शान्ति स्थापना गर्न चासो नदेखाएको बताएका छन् ।

राजधानीमा विस्फोटको आवाज सुनिएको र भग्नावशेषले भरिएको सडकमा कालो प्लास्टिकले ढाकिएको एक व्यक्तिको शव देखेको पत्रकारहरूले बताएका छन् ।

जेलेन्स्कीले अपार्टमेन्ट, कार्यालय भवन र नागरिक संरचनामा क्षति पुर्‍याएको उक्त आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र एक बालकसहित कम्तीमा चार जना घाइते भएको जानकारी गराएका छन् ।

आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि तयारी गरिरहेको बुझिँदैन बरु उहाँले थप युक्रेनी नागरिकको हत्या र सहरहरू ध्वस्त पार्ने कार्यलाई निरन्तरता दिइरहनुभएको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “रुसमाथि कडा कदम र दबाबले मात्र यो आतङ्क रोक्न सक्छ । अहिले हामीलाई यो युद्धको न्यायोचित अन्त्यको लडाइँमा हाम्रा सबै साझेदारहरूको एकता र समर्थनको खाँचो छ।”

मस्को, वासिङ्टन र किएभबाट करिब तीन वर्षदेखि जारी रुसी आक्रमणलाई अन्त्य गर्न सकिने वार्ताको सम्भावनालाई लिएर चर्को वक्तव्यबाजी भइरहेका बेला उक्त टिप्पणी आएको हो ।

आपतकालिन सेवाका अनुसार आक्रमणपछि राजधानीका तीन जिल्लामा करिब १२० जना उद्धारकर्मी परिचालन गरिएको र ब्यारेजबाट लागेको आगो निभाइएको छ ।

चेर्निगिभ क्षेत्रको किएभको उत्तरमा रहेका गभर्नर व्याचेस्लाभ चाउसले रुसी सेनाले ब्यारेजमा रहेका ‘महत्त्वपूर्ण पूर्वाधार’लाई निशाना बनाएको र त्यहाँ दुई जना घाइते भएको बताएका छन् ।

युक्रेनी वायु सेनाले छ वटा क्षेप्यास्त्र खसालेको र इरानी डिजाइनका ड्रोनसहित १२३ ड्रोनमध्ये ७१ वटा ड्रोन खसालेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com