काठमाण्डौमा ग्यास सिलिण्डर विष्फोट भएर घाइते भएका २ जनाको मृत्यु


प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार

काठमाण्डौमा ग्यास सिलिण्डर विष्फोट हुँदा २ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन । कमलपोखरीमा रहेको शानदान म:म पसलमा भएको ग्यास सिलिण्डर विष्फोटमा परेर घाइते भएका मध्ये २ जनाको मृत्यु भएको हो ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मकवानपुरको मनहरि गाउँपालिका–५ का १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ का २५ वर्षीयका भीमबहादुर घलेमगरको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

म:म पसलमा ग्यास लिक भएर हो या विष्फोट भएर घटना भएको हो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबारराती मृत्यु भएको हो । गत बिहीबार भएको घटनामा ११ जना घाइते भएका थिए ।

ति गम्भीर घाइते भएका ११ मध्ये २ जनाको मृत्यु भएको हो । बाँकी ९ जना घाइतेको गम्भीर अबस्थामा कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com